काठमाण्डौं महानगरको ३८ हजार भोट गनिसक्दा एमालेका विद्यासुन्दरले लिए ४ हजार भोटको अग्रता

काठमाडौं महानगरको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले आफ्नो सुरुवाती अग्रता कायम राखेका छन्। वडा नम्बर १, २ र २७को ३८ हजार २ सय ९४ मत गणना हुँदा शाक्यले १२ हजार सात सय ३३ मत पाएका छन्।

कांग्रेस उम्मेदवार राजुराज जोशी उनीभन्दा चार हजार बढी मतले पछाडि परेका छन्। जोशीले अहिले ८३३३ मत पाएका छन्। त्यस्तै विवेकशील दलबाट मेयरकी उम्मेदवार रञ्जु दर्शनाले ५१९७ मत पाएकी छन् भने साझाका किशोर थापाले ३७७४ मत पाएका छन्।

उपमेयरमा भने नेपाली कांग्रेसकी उम्मेदवारले अग्रता कायम राखेकी छन्। कांग्रेस उम्मेदवार हरिप्रभा खड्गीले १०९६१ मत पाएकी छन् भने एमालेले सहयोग गरेका राप्रपाका उम्मेदवार राजाराम श्रेष्ठले ६७१६ मत पाएका छन्।

त्यस्तै साझा पार्टीकी उपमेयर उम्मेदवार निरुपमा यादवले २४०८ मत पाएकी छन्।

त्यस्तै, काठमाडौं महानगरपालिका ३८ हजार मत गन्दा मेयर र उपमेयरका लागि झण्डै १० हजार मत बदर भएका छन्। अहिलेसम्म मेयरका ३२९९ मत बदर भएका छन् भने उपमेयरका ६६०३ मत बदर भएका छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।