भरतपुरबाट आयो ताजा अपडेट : प्रचण्डकी पुत्रीलाई पछार्दै फेरि एमालेका देवीले अग्रता लिएपछि भरतपुर महानगरपालिकामा मतगणना स्थगित

काठमाडौं –चितवनको भरतपुर महानगरपालिकामा फेरि एमालेले अग्रता बनाएको छ। कांग्रेससँग तालमेल गरेको माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बनेकी रेणु दाहाललाई पछि पार्दै एमाले उम्मेद्वार देवी ज्ञवालीले अग्रता लिएका हुन्। यसअघि रेणु दाहालले अग्रता लिएकी थिइन्। पछिल्लो मत परिणाम अनुसार देवीले १५ हजार १५५ मत पाएका छन् भने रेणुले १४ हजार ८ सय ९ मत पाएकी छन्। यस संगै भरतपुर महानगरपालिकामा मतगणना स्थगित भएको छ।

महानगरको ९ नम्बर वडामा पुन मतगणना गर्नुपर्ने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले माग गरेपछि मतगणना स्थगित भएको हो। गत वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनको मत परिणामहरु आउने क्रम जारी छ । पहिलो चरण अन्तर्गत ३४ जिल्लामा चुनाव भएको हो । अहिलेसम्मको चुनावी परिणामलाई हेर्दा नेकपा एमालेले लिड गरिरहेको छ भने नेपाली कांग्रेसले पछ्याइरहेको छ । त्यस्तै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

पहिलो चरणको निर्वाचन अन्तगर्त चार महानगरपालिका काठमाडौं, ललितपुर, भरतपुर र पोखरा लेखनाथ महानरको मतपरिणामलाई यसपटक आम जनताले विशेष चासोका साथ हेरिरहेका छन् । यी मध्ये पनि चितवनको भरतपुर महानगरलाई विशेष चासोको रुपमा हेरिएको छ ।

भरतपुर महानगरलाई विशेष चासोका साथ हेर्नुको प्रमुख कारण माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पुत्री रेणु दाहाल काँग्रेस र माओवादी गठबन्धनकी उम्मेद्वार छिन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।