यस्तो छ दोस्रो चरणको निर्वाचन कार्यतालिका : जेठ १९ गते मनोनयन दर्ता, २१ गते नामावली प्रकाशन (भिडियो सहित)

जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको लागि गृहकार्य भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले निर्वाचन कार्यक्रम तालिकाअनुरुप कार्य अघि बढाइरहेको छ । निर्वाचन कार्यतालिकाअनुसार यही जेठ १९ गते उम्मेदवारहरुको मनोनयनपत्र दर्ता गरिनेछ भने २१ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

त्यस्तै, जेठ २२ गते अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचनका लागि कर्मचारीहरु खटाउने, तालिम दिने, नयाँ निर्वाचन अधिकृतहरु नियुक्त गर्ने काम भइरहेको जानकारी दिए ।

पहिलो चरणको निर्वाचनमा देखिएको मतदाता शिक्षाको कमजोरीलाई यसपालि न्यूनीकरण गर्ने उद्देश्यबाट मतदाता शिक्षा कार्यक्रम अघि बढाइने मैनालीको भनाइ छ । विस्तृत जानकारी ईमेज कबरको यो भिडियो रिपोर्ट हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।