काठमाडौंको कपन जहाँ गगन थापा लखेटिएका थिए, एमालेले गाड्यो विजयी झण्डा
काठमाडौं, ५ जेठ । काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिकाको १० नम्बर वडामा नेकपा एमाले विजयी भएको छ ।
वडा नम्बर १० कपन क्षेत्रमा पर्छ । यो कांग्रेस नेता गगन थापाको निर्वाचन क्षेत्र हो । जहाँबाट निर्वाचनको अघिल्लो दिन वैशाख ३० गते निर्वाचन आचारसंहिता मिचेको आरोपमा गगन लखेटिएका थिए ।
१० नम्बर वडामा एमालेका नवराज भट्टराई १ हजार मतअन्तरले वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले कांग्रेसका उम्मेदवारलाई एक हजार मतले पराजित गरेका हुन् । भट्टराईले दुई हजार मत ल्याए भने कांग्रेसका उम्मेदवारले एक हजार मत पाए ।
गगन लखेटिएको क्षेत्रमा आफ्नो पार्टीको जितपछि एमाले कार्यकर्ता र समर्थक खुसीयाली छाएको छ ।


