स्थानीय निर्वाचनकै नयाँ रेकर्ड : भक्तपुरको मेयरमा सुनिल प्रजापति विपक्षीभन्दा १९ हजार बढीले विजयी
भक्तपुर, ५ जेठ– भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका सुनील प्रजापति विजयी भएका छन् ।
प्रजापति २५ हजार ५ सय ६८ मतका साथ फराकिलो मतान्तरले विजयी भएका हुन् । नेककिपामा सचिव सचिव समेत रहेका प्रजापति अघिल्लो संविधानसभामा सभासद् थिए ।

प्रजापति निकटतम प्रतिद्वन्द्वी भन्दा १९ हजार ३६ मत बढी ल्याएर निर्वाचित भएका हुन् । सम्भवतः स्थानीय तहको पहिलो निर्वाचनमा यति धेरै फराकिलो अन्तरले विजयी हुने प्रजापति पहिलो मेयर हुनेछन् ।
प्रजापतिका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कसुलाले ६ हजार ५ सय ३२ मत पाए ।
यस्तै मेयरमा एमालेका विष्णु सुवाल ४ हजार २ सय १० मतसहित तेश्रो र माओवादी केन्द्रका सत्यलाल मुनले २ हजार ४ सय ८७ मतसहित चौथो भए ।
उपमेयरमा नेमकिपाकै रजनी जोशी २५ हजार ६ सय ६० मतसहित विजयी भएकी छन् ।


