मध्यपुर–५ मा मिश्रित परिणाम, चाँगु–३ र ४ मा एमाले विजयी

नगरकोट, ६ जेठ । मध्यपुरथिमि नगरपालिका–५ मा नेकपा(एमाले)का वडाध्यक्ष र महिला सदस्य तथा नेपाली काँग्रेसका दुई खुला सदस्यमा विजयी भएका छन् ।

वडा नं ५ मा एमालेका अमृतमान श्रेष्ठ एक हजार नौ सय ६३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी काँग्रेसका दिलकृष्ण प्रजापतिले एक हजार सात सय ४१ मत पाउनुभएको छ । महिला सदस्यमा एमालेकी शुभलक्ष्मी प्रजापति, दलित महिला सदस्य खाली तथा खुला सदस्यद्वयमा काँग्रेसका बालकृष्ण श्रेष्ठ र चन्द्रकृष्ण प्रजापति विजयी हुनुभएको छ ।

चाँगु–३ र ४ मा एमाले विजयी

चाँगुनारायण नगरपालिका– ३ र ४ मा एमालेको समूह नै विजयी भएका छन् । वडा नं ३ का वडाध्यक्षमा श्यामसुन्दर धिमाल एक हजार तीन सय २६ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी काँग्रेसका धर्मराज थापा मगरले एक हजार एक सय २८ मत पाउनुभएको छ । महिला सदस्यमा रमा थापा र दलित महिलामा सुष्मा सुनुवार तथा खुलामा नवराज गेलाल र प्रेमबहादुर बाकु विजयी हुनुभएको छ ।

चाँगुनारायण नगरपालिका–४ मा एमालेका बुद्धलाल महर्जनको समूह विजयी भएको छ । महर्जनले एक हजार चार सय ५६ र उहाँका प्रतिद्वन्द्वी काँग्रेसका गोपालप्रसाल पोख्रेलले सात सय २५ पाउनुभएको छ । त्यस्तै महिला वडा सदस्यमा सपना तामाङ र दलित महिला सदस्यमा राममाया मिजार तथा सदस्यद्वयमा दिनेश खनाल र रोजबहादुर तामाङ विजयी हुनुभएको छ ।

हालसम्म चाँगुनारायण नगर प्रमुख उम्मेदवार एमालेका सोम मिश्रले तीन हजार आठ सय ७६ र उपप्रमुखका उम्मेदवार बिना बाँस्तोलाले तीन हजार नौ सय ९२ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ । यस्तै प्रमुखमा काँग्रेसका उम्मेदवार राजाराम खड्काले तीन हजार एक सय ७७ र उपप्रमुख उम्मेदवार सरु बानियाँले तीन हजार छ सय ६२ मत प्राप्त गर्नुभएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।