माओवादी केन्द्रले उठाएकी दर्शना बनिन् सबैभन्दा कान्छी उपमेयर
कालीकोट ६ जेठ – नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी दन्ता नेपाली दर्शना सबैभन्दा कान्छी उपमेयर बनेकी छिन् ।
सार्की परिवारमा जन्मिएकी २६ वर्षीया दन्ता नेपाली (दर्शना)ले कालिकोटको तिलागुफा नगरपालिकामा उपमेयरमा विजयी भएकी हुन् । उनी अहिले स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन् । उनले कांग्रेस एमालेका उम्मेदवारलाई पछि पार्दै जित हात पारेकी हुन् ।
सो नगरपालिकाको मेयरमा पनि माओवादी केन्द्रले नै जित हात पारेको छ । माओवादी केन्द्रका उम्मेदवार रतन बहादुर शाही मेयरमा निर्वाचित भएका हुन् ।


