मेहनत अझै पुगेन, जनतासँग हातेमालो गर्दै जाउँ : केपी ओली

नेपाली कांग्रेसको पच्चीस वर्षे बिरासत तोड्दै बनेपामा एमालेले जीत निकालेपछि बनेपा र काभ्रे नेतृत्वको अनुरोधमा एमाले अध्यक्ष केपी शर्मा ओली बिजय सभालाई सम्बोधन गर्न बनेपा पुगे । उनले सभामा भने – म शुभकामनाको हात हल्लाउन आएको छु ।

अध्यक्ष ओलीले पहिलो चरणको स्थानीय चुनावको परिणाम विश्लेषण गर्दै एमाले कार्यकर्ताले अझै मेहनत गर्नुपर्ने देखिएको बताए । इतिहासमै पहिलो पटक बनेपा नगरपालिकामा एमालेले जितेको खुसी साट्दै ओलीले भने, ‘कांग्रेस सैद्दान्तिक र व्यवहारिक रुपमै च्युत भैसकेको छ, हामीले अझै जनतालाई बुझाउन सकेका रहेनछौँ ‘ उनले भने, ‘जनतासंग निरन्तर सम्पर्कमा रहेर काम गर्नु आवस्यक देखिएको छ ।’

सत्तारुढ दलहरुले शक्ति र सरकारको चरम दुरुपयोग गरेर निर्वाचन प्रभावित पार्ने खोजेको परिस्थितिका बीच एमालेको पक्षमा देखिएको परिणामले देशको पक्षमा काम गर्ने पार्टी नेकपा एमाले मात्र भएको अध्यक्ष ओलीको उद्घोष थियो । ‘अरुले डर, धाक, धम्की प्रयोग गरे, हामी शान्ति र संयमता पूर्वक निर्वाचनमा सहभागी भयौं । त्यसैले जनताको समर्थन हामीलाई प्राप्त भयो,’ ओलीले भने, ‘नेकपा एमाले सिद्धान्त र व्यवहारले नेपालको एक मात्र सच्चा लोकतान्त्रिक पार्टी हो । त्यसैले जनताले स्वस्फूर्त रुपमा एमालेलाई जिताए।’

उनले एमालेले अब बनेपालाई आधुनिक शहर बनाउने घोषणा गरे । ‘यसअघि लक्ष्मी नरसिंह बादेलाई किन जिताएनछौं भनेर तपार्इहरुलाई पश्चताप हुने वाला छ’ ओलीले भने, ‘अब हामीले बनेपालाई बनाएर देखाउँछौं ।’

हजारौंको संख्यमा जनता सहभागी भएको बिजय सभामा एमाले महासचिव र्इश्वर पोखरेलले नेकपा एमालेलाई अब कसैले रोक्न नसक्ने बताए । पहिलो चरणको स्थानीय निर्वाचनले भावी नेपालको राजनीतिक तस्वीर संकेत गरेको भन्दै अब देश एमालेको नेतृत्वमा अघि बढ्ने महासचिब पोखरेलको कथन थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।