किन हार्यो रा.प्र.पा, हार्नुमा दोषी को ?
झन्डै बिस बर्ष पछी नेपालमा स्थानीय निकायको चुनाव भयो । देसका ठुला पार्टी देखि साना हुँदै स्वतन्त्र ब्यक्तिहरु समेत चुनावमा होमिए । अहिले सम्म पुर्णरुपमा मत गणना सकिएको छैन ।
कांग्रेस पार्टी भनेको समाजबाद अनि कम्युनिस्ट पार्टी भनेको साम्यवादमा बिस्वास राख्ने पार्टी भनेर चिनिन्छ । कांग्रेस तथा कम्युनिस्ट पछी चौथो शक्ति भनेर चिनिएको रा.प्र.पा ले उदारबादको नारा थपेर हिन्दु धर्म तथा राजतन्त्र पुनर्स्थापनालाई जोड दिंदै आई रहेको छ ।
रा.प्र.पा नेपालका मुखिया हुन कमल थापा । केहि समय देखि कमल थापाको राजनीति पनि कांग्रेस पार्टी छाडेर छुटै क्षेत्रीय पार्टी गठन गरेका विजय कुमार गच्छेदार जस्तै बनेका छन । मन्त्रि पदको लागी मरिहत्ते गर्दाको नतिजा यो पटकको स्थानीय निर्वाचनमा भोग्न बाध्य भएका छन ।
मन्त्रि पदको लागि कहिले एमाले त कहिले माओबादी केन्द्र संग लगन गाँठो नकसेर पार्टीले उठाएको हिन्दु धर्म देखि राजतन्त्र अनि पार्टीको मुख्य नारा उदारबादमा अडिग भएर अगाडी बढेका भए कमल थापाले हाँकेको पार्टी आजको देसको १ नम्बरको पार्टी हुन सक्थ्यो ।
फुटबलका हस्ती हुन गणेश थापा र गणेश थापाको दाजु हुन कमल थापा । पार्टीमा योग्य तथा निष्ठावान सिपाही हुँदाहुँदै पनि परिवारवादलाई बढावा दिंदै फुटवलको भ्रस्टाचार काण्डमा परेका आफ्नै भाई गणेस थापालाई समानुपातिक साम्सदमा नियुक्ति गरेको फल पनि यो पटकको स्थानीय निर्वाचनमा राम्रै संग भोगेका छन ।
राजनीतिक पार्टी भनेको व्यक्तिको निजि सम्पति हैन र पार्टीमा सबै कार्यकर्ता देखि नेताहरु सम्मको पसिना बगेको हुन्छ भन्ने ज्ञात भएको भए परिवारबादमा थापाकाजी लाग्दैन थिए होलान ।
मकवानपुर जिल्लाको पुर्बी बेल्ट रा,प्र.पा को गढ भनेर चिनिएको थियो । आफ्नै गढमा निर्वाचनमा हारियेला भनेर नाम मात्रको उम्मेदवार त्यो पनि आफ्नै श्रीमतीलाई खडा गरेको बिगतमा भएको दोश्रो संबिधान सभाको निर्वाचनमा पनि देखिएकै हो ।
जनताले आसा तथा भरोसा गरेको पार्टीका मुखिया आफ्नो फाईदाको लागी कहिले गणतन्त्र ठिक भन्दै गणतन्त्रका ठेकेदारसंग हात मिलाउन जान्छन तर पार्टीका आस्थावान देखि हिन्दु धर्म तथा राजतन्त्रका समर्थकहरु भड्कियेला भनेर राजतन्त्र देखि हिन्दुधर्मको पुनर्स्थापना रा.प्र.पाको लक्ष्य भन्न नछाडने यस्ता दोहोरो चरित्र बोकेका पार्टी रा.प्र.पा लाई किन भोट दिने ? अहिलेको निर्वाचन परिणामले स्पस्टसंग देखाएको छ ।
नेपालका जनतालाई पुरानै चस्माले हेर्दा आज रा.प्र.पा को जुन लज्जास्पद हार भएको छ त्यो हारले पार्टीका आस्थावान सिपाही देखि सुभेच्छुक समेत निरास भएको छन भने त्यसरी निरास पार्नेमा अन्य कोहि नभएर पार्टीका मुखियानै सतप्रतिसत दोषी छन भन्ने यो पंक्तिकारको ठम्याई हो ।


