प्रचण्ड पुत्री रेणु एमालेलाई कडा टक्कर दिदै, यस्तो छ भरतपुर महानगरपालिकाको सार्बजनिक पछिल्लो मत परिणाम…

भरतपुर – भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम सार्बजनिक भएको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीको १५ हजार ३ सय ४७ मत आएको छ । रेणुले पनि एमालेका देवी ज्ञवालीलाई कडा टक्कर दिदै १५ हजार ३७ मत प्राप्त गरेकी छिन्।

भरतपुर महानगरपालिकाको गएरातिदेखि स्थगित मतगणना फेरि सुरू भएको छ। अहिले बिहान बसेको सर्वदलीय बैठकले १० बुँदे सहमति गरेसँगै मतगणना सुरू भएको स्थानीय निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताए। ९ नम्बर वडाको मत गन्दै गर्दा फरक परेको भन्दै माओवादी केन्द्र र कांग्रेसले फेरि गणना गर्न माग गरेपछि मतगणना स्थगित भएको थियो। निर्वाचन अधिकृतहरूले सर्वदलीय बैठक बोलाएर सहमति गरेपछि मत गणना अघि बढेको हो।

चितवनको राप्ती नगरपालिकामा एमालेकी प्रभा बरालले जित हासिल गरेकी छन्। उनीसहित नेपालमा निर्वाचित हुने महिला मेयरको संख्या चार पुगेको छ। प्रभाले नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी किरणभुषण ओलीलाई हराएकी हुन्। उपमेयरमा पनि एमालेकै इमानसिंह लामा बिजयी भएका छन्। उनको जित निश्चित भइसकेको भएपनि आधिकारीक घोषणा गर्न भने बाँकि रहेको राप्तीका सूचना अधिकृत परमेश्वर पराजुलीले जानकारी दिए। कुरा गर्दै उनले भने, ‘मेयरमा प्रभा बरालको जित भइसकेको छ। निर्वाचन आयोगमा दर्ता गराइ घोषणा हुन बाँकी छ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।