मुगुमा प्रमुख पदमा कांग्रेस र वडा तहमा एमालेको वर्चश्व
मुगुको स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा कांग्रेस र वडा तहमा एमालेको वर्चश्व देखिएको छ । तीन गाउँपालिका र एउटा छायाँनाथ रारा नगरपालिका गरी ४५ वटा वडामध्ये कांग्रेसले एक मेयर र दुई प्रमुख पदमा विजयी हासिल गरेको छ ।

एमालेले खत्याड गाउँपालिकाको प्रमुखसहित तीन महिला उपप्रमुख पद जितेको छ । वडास्तरमा एमालेले १९ कांग्रेसले १८ वटा वडाअध्यक्ष विजयी भएका छन् । माओवादी केन्द्र भने नगर र गाउँपालिकामा प्रमुख तथा उपप्रमुख जित्ने सकेन भने तल्लो वडा तहमा ७ वटा वडाअध्यक्ष जित्न सफल भएको छ ।
जिल्लाको खत्याड गाउँपालिकाको वडान ९ मा भने स्वतन्त्रबाट नरेन्द्र रोकायाले वडाअध्यक्ष जितेका छन् । वडा सदस्यमा एमालेको वर्चस्व देखिएको छ ।


