ओलीमाथि गृह राज्यमन्त्री बानियाँले लगाए यस्तो संगीन आरोप, सत्य साबित भए एमाले समाप्त हुने

काठमाडौं, ६ जेठ । गृहराज्यमन्त्री ईन्द्र बानियाँले सरकारले टिकापुर लगायत तराई/मधेशका आन्दोलनलाई राजनैतिक घट्नाको रुपमा लिएकोले मोर्चाका माँगहरु अनुसार नै सबै मुद्दा फिर्ता लिने स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री बानियाँले सरकारले चाहेको खण्डामा मुद्दा फिर्ता लिन सक्ने भएकोले तराई÷मधेश र थरुहट आन्दोलनमा लगाइएका मुद्दाहरु फिर्ता लिने बताएका हुन्

कार्यक्रममा बोल्दै मन्त्री बानियाँले भने,‘सरकारले मुद्दा फिर्ता लिन्छ, यो सरकारको अधिकारको कुरा हो, हिजो माओवादी सशस्त्र युद्धको बेलामा त राज्यले धेरै मुद्दा फिर्ता लिएको ईतिहाँस छ, त्यसैले सरकारले मुलुकमा शान्ति, अमनचयन स्थापित् गर्नको लागि आवश्यकत्ताको सिद्धान्त अनुसार मुद्दा फिर्ता लिन सक्छ, जसले विरोध गरेपनि अब मुद्दा फिर्ताको प्रक्रिया अघि बढिसक्यो, अब रोकिँदैन मोर्चाका माँग अनुसार सबै मुद्दा फिर्ता हुन्छ।’

मन्त्री बानियाँले मधेशी मोर्चालाई दोस्रो चरणको निर्वाचनमा सहभागी गराउनको लागि सरकार स्थानीय तहको संख्या थप्नपनि तयार रहेको स्पष्ट पारे । उनले भने,‘तराई–मधेशपनि नेपाल नै हो नि, संख्या थप्न के को आपत्ति ? हामी संख्या थप्न तयार छौं ।’

उनले हालै सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा धाँधली भयो भनेर प्रमुख प्रतिपक्षी दलले लगाएको आरोप मिथ्या र चर्चा कमाउनको लागि मात्रै भएको टिप्पणी गरे । उनले भने,‘एमालेले अहिलेमात्रै होईन, ०४८ सालदेखि नै धाँधलीको ढिंग पिटिरहेको छ, तर यो पटकको पहिलो चरणको निर्वाचनमा छिटपिट घट्नाबाहेक त्यस्तो केही भएको छैन, कस्तो निर्वाचन भयो भन्ने कुरा सारा जगतलाई थाहा छ, सबैभन्दा बढि मिडियाका साथीहरुलाई थाहा छ।’

मन्त्री बानियाँले ०५४ सालमा एमालेका वामदेव गौतमले गराएको चुनाव राम्रो भन्ने एमालेले त्यसबाहेक भएका सबै चुनावलाई धाँधली देख्नुलाई नै उसको नियत कस्तो छ भन्ने कुरा पुष्टि हुने आरोप लगाए । उनले थपे,‘अहिले त एमालेले नै धेरै जितेको छ, ०५४ को चुनावको परिणाम हेर्नुहोस् ।’

उनले एमाले नेतृत्व नै गणतन्त्र र परिवर्तनका एजेण्डामाथि अनुदार रहेको आरोप लगाउँदै भने,‘एमाले अध्यक्ष केपी ओलीले नेपालमा गणतन्त्र ल्याउनु भनेको बयलगाढा चढेर चन्द्रमामा जानु हो भनेको कुरा सारा जगतलाई थाहा छ, यसले पनि के देखाउँछ भने ओली गणतन्त्र विरोधी हुन्।’ मन्त्री बानियाँले एमाले अध्यक्ष ओलीको यस्तो प्रवृत्ति देखेर नै प्रंचण्डले संविधान कार्यान्वयनको लागि पनि चुनाव आवश्यक छ भन्दै आफ्नो पार्टीसँग नाता जोडेको स्पष्ट पारे ।

उनले कांग्रेस र माओवादी केन्द्रको तालमेललाई लिएर एमालेले गरेको टिप्पणीपनि अशोभनीय भएको बताउँदै एमालेले राप्रपासँग गरेको तालमेल बरु शंकाको घेरामा रहेको आरोप लगाए । उनले भने,‘सक्रिय राजा चाहियो भन्ने राप्रपासँग एमालेले एकता गरेको छ, यो के हो ? सबैलाई यो कुरा राम्रोसँग थाहा छ।’ त्यस्तै उनले अब हुने दोस्रो चरणको निर्वाचन एमालेले नचाहेको समेत आरोप लगाए ।

यद्धपी उनले एमाले मुलुकको जिम्मेवार पार्टी भएकोले मुलुकको निकासको लागि जिम्मेवार बन्नुपर्ने धारणा राखे । बानियाँले थपे,‘मोर्चाका साथीहरुले पनि चुनावमा आउनुपर्छ, हामी तपाईहरुको लागि वातावरण बनाउने काममा लागेका छौं, स्थानीय तहको संख्या थप्छौं।’ उनले एमाले नेतृत्व अहिलेका उपलब्धि र व्यवस्था भत्काउनतिर लागेकोले दोस्रो चरणको निर्वाचनमा एमाले कहाँ पुग्छ भन्ने कुरा भोलिका दिनमा राम्रोसँग थाहा हुने टिप्पणी गरे ।

त्यस्तै उनले सहमति अनुसार नै अब नयाँ सरकार गठन हुने समेत स्पष्ट पारे । उनले भने,‘कांग्रेस र माओवादी केन्द्रको सहमति अनुसार नै सरकार बन्छ, तर परिवर्तन संस्थागत गर्नेहरुवीच एकताको सरकार बन्छ।’

उनले कहिले सरकार बन्ने र को प्रधानमन्त्री बन्ने भन्ने कुरा सबै तयारी भैसकेको समेत जिकिर गरे ।

तराई/मधेश आन्दोलनका सबै मुद्दा फिर्ता हुन्छ, कसैले विरोध गरेर रोकिँदैन् : गृहराज्यमन्त्री बानियाँ – भिडियो हेर्नुहोस् 

https://youtu.be/5GfvzVNB580



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।