रेणुलाई भारी मतान्तरले पछि पार्दै देबि ज्ञवाली, यस्तो छ ताजा मतपरिणाम…
भरतपुर महानगरपालिकामा एमाले उम्मेदवार देवी ज्ञवालीले अग्रता कायम राखेका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार ज्ञवाली माओवादी र कांग्रेसकी साझा उम्मेदवार रेणु दाहालभन्दा पाँच सय ४७ मतले अघि रहेका छन् ।

दश नम्बर वडाको मतगणना हुँदा ज्ञवालीले १६ हजार चार सय ४७ मत प्राप्त गरेका छन् भने दाहालले १५ हजार नौ सय मत पाएकी छिन् ।
उपमेयरमा कांग्रेस उम्मेदवारको अग्रता लगातार बढिरहेको छ । कांग्रेस उम्मेदवार पार्वती शाहले १८ हजार तीन सय ३ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी दिव्या शर्माले १४ हजार तीन सय २ मत पाएकी छिन् ।


