ब्रेकिङन्यूज : सरकारले थप्यो स्थानीय तहको संख्या, २ महानगर थपिए
सरकारले दुई महानगरपालिका थप गरेको छ। आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विराटनगर र बिरगंजलाई महानगरपालिका घोषणा गरेको हो। मन्त्रिपरिषद्को बैठकले २ नयाँ महानगरपालिका थप गरेसंगै नेपालमा महानगरपालिकाको संख्या ६ पुगेको छ।

मधेसी मोर्चाले स्थानीय तहको संख्या बढाउन माग गरेपछि सरकारले उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको नेतृत्वको कार्यदल बनाएको छ । कार्यदलले आफ्नो प्रतिवेदन आज नै मन्त्रिपरिषद्मा बुझाएको थियो । सोहि प्रतिवेदनका आधरमा सरकारले संख्या थप गरेको स्रोतले जनाएको छ।


