काठमाडौं महानगरमा १ लाख मत गणना, कसले कति पाए ? यस्तो छ पछिल्लो अपडेट…

काठमाडौँ, ८ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत मतगणना सुरु भएको एक हप्ता सकिँदा काठमाडौँ महानगरपालिकाको मतगणना पचास प्रतिशतभन्दा बढी सकिएको छ ।

सोमबारदेखि सुरु गरिएको मतगणनाअन्तर्गत अहिले एक हप्तासम्म ९६ हजार ४४१ मत मात्र गणना गरिएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले बताउनुभयो । कुल दुई लाख ७९ हजार ३१६ मतदाता रहेको कामपामा करिब ७३ प्रतिशत (एक लाख ७२ हजार ६८३ ) मत खसेको थियो । राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा निर्वाचन कार्यालयले १३ स्थानमा गणना गरिरहेको छ ।

दैनिक चौबिसै घन्टा गणना गरे पनि मतपत्र ठूलो भएकाले मतगणनामा ढिलाइ भएको छ । ठूलो मतपत्रका कारण एउटा मतपत्र गणना गर्न कम्तीमा तीन मिनेट लाग्ने गरेको छ । बिहान ७ देखि साँझ ६ बजेसम्म एक समूह र साँझ ६ देखि बिहान ६ बजेसम्म अर्को समूहले मगगणना गरिरहेका छन् । अहिले दैनिक १५ देखि २० हजार मतगणना भइरहेकामा सकिन अझै पाँच दिन लाग्ने अनुमान गरिएको छ । अब ७६ हजार २४२ मतगणना गर्न बाँकी छ । पहिले तीन ठाउँमा मात्र गणना गरिएकामा ढिलाइ भएपछि थप स्थानमा मतगणना गरिएको हो । बत्तीस वडा रहेको महानगरपालिकामा अहिलेसम्म १३ वटा वडाको मात्र मतगणना सकिएको छ । तीमध्ये नेकपा(एमाले)ले सात र नेपाली काँग्रेसले छ वडामा विजय हासिल गरेका छन् ।

केही वडामा प्रमुखमा नेपाली काँग्रेसका राजुराज जोशीले बढी मत ल्याए पनि एमालेका विद्यासुन्दर शाक्यलाई मत गएको देखिन्छ । पचास प्रतिशत मतगणना सकिँदा प्रमुखमा मुख्य प्रतिस्पर्धा शाक्य र जोशीबीच भइरहेको छ । पहिलेदेखि अग्रता हासिल गर्नुभएका शाक्यले अहिले अग्रता लिनुभएको छ । नयाँ उदाएका विवेकशील नेपाली दल र साझा पार्टीले पनि सोचेभन्दा राम्रो मत पाएका छन् ।

अहिलेसम्मको मतपरिमाणानुसार एमालेका शाक्यले ३१ हजार ५५५ मत प्राप्त गरी अग्रता कायम राख्नु भएको छ । उहाँलाई काँग्रेसका जोशीले २२ हजार ४२१ मतले पछ्याइरहनु भएको छ । यस्तै विवेकशील नेपाली दलकी रञ्जु न्यौपानेले १२ हजार १३२, साझा पार्टीका किशोर थापाले नौ हजार ३३२ तथा नेकपा (माओवादी केन्द्र)का सर्वाेत्तम डङ्गोलले तीन हजार ४५४ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले जानकारी गराउनुभयो । यसैगरी उपप्रमुखमा काँग्रेसका हरिप्रभा खड्गीले २९ हजार ६५, राप्रपाका राजाराम श्रेष्ठले १७ हजार ७३१, साझा पार्टीकी निरूपमा यादवले पाँच हजार ९२० र माओवादी केन्द्रकी सुशीला पौडेलले चार हजार ५९३ मत प्राप्त गर्नुभएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।