४ दिन बित्दा पनि मतगणना अझै अन्योलमा, सर्वपक्षीय बैठक पनि बिना निष्कर्षमा टुङ्गियो

भक्तपुर, ९ जेठ । चार दिनदेखि स्थगित चाँगुनारायण नगरपालिकाको मतगणना पुनःसञ्चालन गर्न आज बसेको सर्वपक्षीय बैठकबिना निष्कर्षमा टुङ्गिएपछि चाँगुनारायण नगरपालिकाको मतगणना अझै अन्योलमा छ ।

निर्वाचन अधिकृतको कार्यालय चाँगुनारायणका अनुसार निर्वाचन आयोगले पठाएको निर्देशनानुसार मतगणना प्रक्रिया पुनःसञ्चालन गर्नका लागि आज बसेको सर्वपक्षीय बैठकमा सहमति हुन नसकेपछि अझै मतगणना सुरु हुन नसकेको हो ।

प्रमुख निर्वाचन अधिकृत भोजराज शर्मा, प्रअिज द्रोण पोखरेल, सबै दलका उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा आज चार घन्टा लामो छलफल भए पनि सहमति नभएको कार्यालयले जनाएको छ । गत शुक्रबार वडा नं ४ को मतगणना सम्पन्न गरी मत परिणाम सार्वजनिक गर्ने तयारी गर्दा कर्मचारीले मतगणना पारदर्शी नभएको र नेकपा(एमाले)को उम्मेदवारलाई मत थप गरेर जोडेको भन्दै एमालेबाहेकका अन्य दलले विरोध गरेपछि मतगणना रोकिएको थियो ।

निर्वाचन आयोगले सोमबार साँझ वडा नं १ र २ का हकमा पुन मतगणना हुन नसक्ने तर ३ र ४ का हकमा भने दलको सहमतिमा पुनःमतगणना गर्न सकिने भन्दै पत्र पठाएपछि आज बसेको बैठकमा दलबीच सहमति हुन नसकेको हो ।

आजको बैठकमा पनि एमालेबाहेकका दलले वडा नं ३ र ४ को मतगणना पुनः गर्नुपर्ने पुरानै मागमा अडान लिएको र एमालेले पुनः मतगणना गर्दा वडा नं १ देखि नै गर्नुपर्ने नत्र ३ र ४ मात्रै गन्न नदिने अडान लिएपछि चार घन्टा लामो छलफल निष्कर्षमा नपुगेको दलका प्रतिनिधिले जानकारी दिएका छन् । प्रजिअ द्रोण पोखरेलले दलबीच सहमतिको प्रयास जारी रहेको र आजै पनि पुन ः छलफल हुन सक्ने बताउनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖