हेटौँडा– ९ र १० मा एमाले विजयी

हेटौँडा, १० जेठ । हेटौँडा उपमहानगरपालिका– ९ र १० मा नेकपा (एमाले) विजयी भएको छ ।

वडा नं ९ को वडाध्यक्षमा एमालेका लक्ष्मणप्रसाद भण्डारी एक हजार ६७० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विश्वराज नेपालले ७९१ मत प्राप्त गर्नुभयो । सो वडामा एमालेको पुरै समूह विजयी भएको छ ।

यस्तै सो उपमहानगरपालिकाको वडा नं १० को वडाध्यक्षमा पनि एमालेका कितापसिंह लामा ४८० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कालु घलानले ४८० मत प्राप्त गर्नुभयो ।

हेटौँडा उपमहानगरपालिकाको १९ मध्ये १८ वटा वडाको मतगणना सकिएको छ । अहिले वडा नं ११ को मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नगर प्रमुखमा एमालेका हरिबहादुर महतले २१ हजार ५९३ तथा काँग्रेसका आनन्दराम पराजुलीले २१ हजार ८८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपप्रमुखमा एमालेकी मीना लामाले २१ हजार ७९० तथा माओवादी केन्द्रका बलराम बलले १५ हजार ९०२ मत प्राप्त गर्नुभएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।