भरतपुर महानगरपालिकामा एमालेको जित सुनिश्चित !

पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सबैको चासोको विषय बनेको भरतपुर महानगरपालिकाको मतगणना जारी छ ।

यस महानगरपालिकामा कसको कति मत आयो ? मतअन्तर कति भयो ? अब गणना हुन बाँकी वडामा कसको कति मत आउला ? सम्भावना के छ ? को विजयी होलान् ? जस्ता कौतुहलता आम जनमानसमा छाएको छ ।

भरतपुरको वडा नम्बर २६ सम्मको मत गणना सकिदासम्म पछिल्लो मत परिणाम अनुसार भरतपुरमा एमालेका ज्ञवालीले २७ हजार नौ सय ५५ मत प्राप्त गर्नुभएको छ । माओवादीकी रेणु दाहालले २५ हजार दुई सय ३७ मत प्राप्त गर्नुभएको छ । भरतपुरको उपमेयर पदमा नेपाली काँग्रेसकी पार्वती शाहले २८ हजार ६ सय ६ र एमालेकी दिव्या शर्मा आचार्यले २५ हजार एकसय ९३ मत प्राप्त गर्नुभएको छ ।

अहिलेसम्म १७ वटा वडाको मत गणना सकिएको छ । ज्ञावाली तीन हजार मत अन्तरले अगाडी हुनुहुन्छ । अब गन्न बाँकी १२ वटा वडा छन् । मत गणना गर्न बाँकी रहेका १६,२२,२३,२४ र २५ वडामा एमालेको बहुमत रहेको छ ।

यी मध्ये सबै भन्दा बढी मत रहेको वडा नं. १६ हो जहाँ एमालेको पल्ला भारी रहेको छ । बाँकी ७ वटा वडा मध्ये ५ वटा वडाहरु काँग्रेसको प्रभाव रहेको क्षेत्र हो भने २ वटा वडामा एमाले र काँग्रेस प्रतिस्पर्धामा रहेका छन् ।

अलिे सम्मको मत परिणाम र यसलाई विश्लेषण गर्दा एमाले उम्मेदवार ज्ञवालीको मतान्तर कम देखिए ता पनि यस अगाडी माओवादी केन्द्रका उम्मेदवार दाहालसंगको फराकीलो मत अन्तर सहजै क्षतीपुर्ती तिरी जित ज्ञवालीको विजयी सुनिश्चत रहेको छ ।

अहिले सम्म सार्वजनिक भएको परिणम अनुसार १७ वटा वाड मध्ये १० वटा वडामा एमाले विजयी बनेको छ भने पाँचवटा वडामा नेपाली काँग्रेस र दुई वटा वडामा मओवादी केन्द्र विजयी भएको छ ।

मत गणना गर्न बाकी रहेका वडाहरुमा १५। मंगलपुर , श्रीपुर , फुलबारी , सुर्यनगर, १६ मंगलपुर , मोहनपुर , बिजयनगर, १७ शारदानगर , रामपुर , गोब्रनी, १८ गुञ्जनगर , चनौली , शशिनगर , भूवनबस्ती, १९ शारदानगर , गुञ्जनगर , किरणगंज, २० भिमनगर , सिमलटाँडी , दद्रेनी , २१ पार्वतीपुर , मनिपुर, २२ पटिहानी , पदमपोखरी , धनौजी, २३ जगतपुर , खड्कौली , मधुपुरी, २४ जगतपुर , केरूङ्गा, शुक्रनगर, २५ अमृतनगर , शुक्रनगर , लेबरनगर , सोसी छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।