रेणु दाहालले एमालेसँगको अग्रता छोट्याईन, मतमपरिणाम रोचक बन्दै

भरतपुर । भरतपुर महानगरपालिकामा माओवादी कांग्रेसको संयुक्त उम्मेद्वार रेणु दाहालले एमालेसँगको अग्रता छोट्याएकी छन्।

१४ नम्बर वडाको मत गणना सकिएसँगै माओवादी केन्द्रकी रेणु दाहालले अग्रता छोट्याएकी हुन्। पछिल्लो मत परिणाम अनुसार एमालेका देवी ज्ञवालीले २९ हजार ३ सय ६८ मत पाएका छन् भने रेणु दाहालले २७ हजार ४ सय ७ मतसहित पछ्याइरहेकी छन्।

अहिले देवी र रेणुबीचमा १९६१ मतको फरक छ। कुनै समय ३८ सय भन्दा बढी मतको अग्रता लिएका देवीले क्रमशः रेणुलाई बाटो छोडीरहेका छन्। वार्ड नम्बर १४ बाट नेपाली कांग्रेसका ओम प्रसाद पोख्रेलकोको प्यानल नै विजयी भएको छ।

पोखरेलले १५ सय २२ मत ल्याएर विजयी भएका हुन्। यही वडासम्मको गणनामा उपमेयर तर्फ नेपाली कांग्रेसकी पार्वती साहले ३०७८९ मत ल्याएकी छन् भने एमालेकी दिव्या शर्माले २६ हजार ५ सय ८७ मत ल्याएर पछ्याइरहेकी छन्। अहिले २५ वडाको गणना भइरहेको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।