पोखरा महानगरमा एमालेको जित पक्कापक्की !

पोखरा, ११ जेठ । पहिलो चरणअन्तर्गत सम्पन्न ४ महानगरपालिका मध्ये नजिा आउन बाँकी तीन महानगरमध्ये पोखरा महानगरमा एमालेले आफ्नो बिजय सुनिश्चित गरेको छ । चारमध्ये ललितपुर महानगरमा कांग्रेसले जित हात पारिसकेको छ भने बाँकी तीनै ठाउँमा एमालेले अग्रता कायमै राखेको छ।

पछिल्लो मतपरिणाम अनुसार पोखरा लेखनाथ महानगरपालिकामा मेयर, उपमेयरमा नेकपा एमालेका उम्मेदवारको अग्रता १२ हजार नाघेको छ। मेयरमा एमालेका मानबहादुर जिसीले ५१ हजार २ सय १७ मत प्राप्त गरेका छन् भने कांग्रेसका कुँवरले ३९ हजार ३ सय १५ मत प्राप्त गरेका छन् । यसरी हेर्दा अब करीब १८ हजार मत मात्र गन्न बाँकी रहेको अवस्थामा एमालेले लगभग आफ्नो बिजय सुनिश्चित गरेको हो ।

उपमेयरमा पनि एमालेकी मन्जु गुरुङ र काँग्रेसकी सरस्वती गुरुङबीचको अन्तर उस्तै रहेको छ । एमालेमा मेयर उपमेयर नै जित्ने सुनिशिचतता भएपछि एमालेका कार्यकर्ताहरु मतगणस्थल बाहिर जम्मा भएर बिजय र्याली आजै निकाल्ने तयारी ग्िररहेका छन् । कांग्रेसका मेयरका उम्मेद्वार रामजी कुँवरले पनि हार स्वीकार गरेका छन् । उनले अब आफूले जित्ने सम्भावना नरहेको बताउँदै जितको नजिक रहेका एमाले उम्मेद्वार मानबहादुर जिसीलाई बधाई दिएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।