२ नम्बर प्रदेशमा पनि पहिलो पार्टी एमाले नै बन्छ : योगेश भट्टराई

काठमाडौं, १२ जेठ– एमाले सचिव योगेश भट्टराईले प्रदेश नम्बर २ मा पनि एमाले सबैभन्दा ठूलो पार्टी हुने वताउँदै दोस्रो चरणको चुनावमा एमालेले ६० प्रतिशत भन्दा बढी जित्ने दावी गरेका छन् । प्रेस चौतारी नेपालको राजधानीमा आयोजित भेलालाई सम्बोधन गर्दै भट्टराईले चुनाव हुँदा मधेसी जनताले एमालेको काम सम्झिने डरले सत्तारुढ दलहरु डराईरहेको वताए ।

‘दोस्रो चरणमा निर्वाचन हुने ठाउँ एमालेले ६० प्रतिशत भन्दा बढी जित्ने ठाउँ हो’ भट्टराईले भने, ‘मधेसका जमिनमा सिंचाई गर्ने, १८ वटा सहर बनाउन बजेट छुट्याउने, मदरसालाई औपचारिक शिक्षाको मान्यता दिने, हुलाकी सडक बनाउन बजेट दिने एमाले हुँदा हुँदै अरुले भोट ल्याउँदैनन् ।’ चुनावमा २ नम्बर प्रदेशमा पनि एमालेले जित्ने भएकाले सत्तारुढ दलहरु स्तब्ध भएको भट्टराईको भनाई थियो ।

दोस्रो चरणमा निर्वाचन हुने अन्य प्रदेशहरुमा सत्तारुढ दलहरुको एमालेसँग प्रतिस्पर्धा गर्ने हैसियत समेत नभएको भट्टराईले वताए । उनले पहिलो चरणको निर्वाचनमा सरकारले आचार संहिता उल्लंघन, हिंसा र बुथ कब्जा गर्दा पनि एमालेको विजयलाई रोक्न नसकेको भट्टराइको भनाई थियो । ‘हामीले पहिलो चरणमा जति जितेका छौं सत्तारुढ दलहरुले गरेको सत्ताको दुरुपयोग बुथ कब्जा, आचार संहिताको नाङ्गो उल्लंनका बाबजूद जितेका हौं’ भट्टराईले भने, ‘कांग्रेस माओवादीले सत्ताको दुरुपयोग रोक्न सकेको भए अघिल्लै चरणको चुनावबाट एमालेले ६० प्रतिशत जित्थ्यो । दोस्रो चरणको चुनावबाट ६० प्रतिशत पुर्याउँछौं ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।