माओवादी केन्द्र खोटाङको प्रमुख पदमा ५ महिला उम्मेदवार

खोटाङ, १२ जेठ । नेकपा (माओवादी केन्द्र)ले खोटाङका पाँच स्थानीय तहको प्रमुखमा महिला उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्रका अनुसार जिल्लाका रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा पूर्वसांसद दुर्गाजयन्ती राई, लामीडाँडा गाउँपालिकामा डा चेतकुमारी गुरुङ, केपीलासगढी गाउँपालिका प्रमुखमा मनकुमारी रसाइली, बराहपोखरी गाउँपालिका प्रमुखमा निशाना राई र जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा अरुणा राईलाई उम्मेदवार बनाइएको छ ।

त्यस्तै ऐंसेलुखर्क गाउँपालिका प्रमुखमा श्रीबहादुर राई र उपप्रमुखमा उर्मिला लम्साल, साकेला गाउँपालिका प्रमुखमा अर्जुनकुमार खड्का र उपप्रमुखमा विर्षिका राई, खोटेहाङ गाउँपालिका प्रमुखमा राजन ढकाल र उपप्रमुखमा विनिता राई, दिप्रुङ गाउँपालिका प्रमुखमा दीपक पाण्डे र उपप्रमुखमा कल्पना राईलाई उम्मेदवार बनाइएको छ ।

त्यस्तै लामीडाँडा गाउँपालिका उपप्रमुखमा भुवराज पोखरेल, केपीलासगढी नगरपालिकामा रुद्रकुमार राई, जन्तेढुङ्गा गाउँपालिकामा वीरबल किराती र बराहपोखरी गाउँपालिका उपप्रमुखमा सुवासचन्द्र राई उम्मेदवार बनेका छन् ।

पिछडिएका वर्ग, लिङ्ग र जातजातिलाई राज्यको नीति निर्माणतहमा पु¥याउने भन्ने पार्टीको नीतिमै उल्लेख भएअनुसार प्रमुख पदमा महिलालाई टिकट दिइएको माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा खोटाङ इन्चार्ज ध्रुव बुढाथोकीले बताउनुभयो । जिल्लाका अन्य राजनीतिक दलले भने आकाङ्क्षीको सङ्ख्या धेरै हुँदा अहिलेसम्म उम्मेदवार टुङ्ग्याउन सकेका छैनन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।