देवी ज्ञवालीको खड्को टर्यो, रेणुलाई सकस – यस्तो छ भरतपुर महानगरको मतपरिणाम अपडेट

भरतपुर, १२ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका देवी ज्ञवालीले अग्रता बढाएका छन् ।

काँग्रेस बाहुल्य रहेको क्षेत्रमा समेत ज्ञवालीले निरन्तर अग्रता लिएपछि उनको जित्ने सम्भावना बढेको एमालेजनहरु बताउँछन् । रेणुले निरन्तर प्रतिस्पर्धा गरे पनि मतअन्तर खासै घटेको छैन् । उनलाई जित्नलाई सकस नै देखिएको छ । मतपरिणामहरुलाई हेर्दा थोरै मतअन्तरले हार जित हुने देखिएको छ ।

पछिल्लो परिणाम अनुसार, मेयर पदमा एमालेका देवी ज्ञवालीले ३६ हजार ५ सय ५८ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रकी रेणु दाहालले ३४ हजार ६ सय ७३ मत प्राप्त गरेकी छन् । रेणुभन्दा एमालेका ज्ञवाली १८ सय ८५ मतले अगाडि छन् । भर्खरै गणना भएको २३ नम्बर वडा पनि एमालेकै पोल्टामा गएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖