दोस्रो चरणको स्थानीय निर्वाचनमा पनि एमाले पहिलो पार्टी : अध्यक्ष ओली

काठमाडौँ, १३ जेठ । तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री एवम् मुस्लिम विभागका प्रमुख समिम मियाँ अन्सारीसहित विभिन्न पार्टीका नेता कार्यकर्ता आज नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालले उहाँहरुलाई पार्टी प्रवेश गराउनुभयो ।

कार्यक्रममा अध्यक्ष ओलीले अब मुलुकको नेतृत्व गर्ने शक्ति नै आफ्नो पार्टी भएकाले दोस्रो चरणको स्थानीय निर्वाचनमा पनि पहिलो पार्टी बनाउने बताउनुभयो । उहाँले आफूहरुले दुई चरणमा निर्वाचन नगर्न र मुस्लिमहरुको रमजान पर्वलाई असर पर्ने गरी जेठ ३१ मा निर्वाचन नराख्न माग गरे पनि सरकारले नमानेकाले अव तयारी सुरु भइसकेकाले निर्वाचन नसार्न माग गर्नुभयो ।

नेता नेपालले एमालेको नेतृत्वमा सरकार हुँदा अन्य पार्टीले भन्दा बढी मुस्लिमको हित र सुरक्षाका लागि बजेट र कार्यक्रम ल्याएको बताउनुभयो ।

पार्टी प्रवेश गर्नेहरुमा नेकपा (माओवादी केन्द्र) का काठमाडौँ जिल्ला सचिव कामरुद्दिन मियाँ, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) काभ्रेका नेता आइके लामा, नेपाली काँग्रेस उदयपुरका कार्यकर्ता नारद कार्कीलगायत हुनुहुन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।