विमान दुर्घटना: प्रत्यक्षदर्शी दावा शेर्पा भन्छन,- पहिले जहाजको पुच्छर बजारियो, अनि धुलो उड्यो

लुक्ला, जेठ १३ – सोलुखुम्बुको लुक्ला विमानस्थलमा विमान दुर्घटना भएको छ । काठमाडौंबाट गएको गोमा एयरको बिमान अवतरणका क्रममा विमानस्थलमा नै दुर्घटना भएकोहो ।

विमान अवतरण गर्ने क्रममा विमानस्थलमा ठूलो आवाज आएको आफूले सुनेको प्रत्यक्षदर्शीले बताएका छन् । ‘म बाहिर बसिरहेको थिएँ एयरपोर्टकै छेउमा छ मेरो ड्रिमल्याण्ड लज एण्ड रेष्टुरेन्ट । अलि बेग्लै आवाज आएपछि मैले यसो हेरें, एयरपोर्ट बादलले ढाकिएको थियो ।

परैबाट अलि होचो गरी आएको देखें’ प्रत्यक्षदर्शी दावा शेर्पाले भन्नुभयो ‘अवतरण गर्नै लाग्दा अलि जहाजको अघिल्तिरको भाग उठाएको देखें, हवाईजहाज उठाउने क्रममा हेर्दा हेर्दै पुच्छर ठोक्कियो र त्यहाँबाट धुलोको उडेको देखें । त्यसपछि मानिसहरु त्यतै तर्फ गए । होटलमा कोही नभएको हुनाले म दुर्घटना भएको ठाउँमा जान चाहिं पाइरहेको छैन । पर आवाज आयो ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।