राजपाका मन्त्रि सहित सयौ कार्यक्रता एमालेमा प्रवेश, भन्छन,- एमाले भन्दा अरुले मधेसको हित गर्न सक्दैन (भिडियो सहित)

काठमाडौं, जेठ १३ । दोश्रो चरणको निर्वाचनको संघारमा राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री समिम मिया अन्सारी पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी शनिबार राजपालाई त्याग्दै एमालेमा प्रवेश गरेका हुन् । राजपा नेता अन्सारीले चुनाव बहिस्कार गर्ने राजपाको निर्णय मधेसी जनताको अधिकार स्थापित हुन नदिने उद्देश्यबाट आएकाले आफू सो पार्टीमा रहन नसकेको बताए ।

राजपाले निर्वाचन बिथोल्ने गरी आन्दोलन घोषणा गरेकै भोलिपल्ट अर्थात शनिबार पार्टीका मुस्लिम नेता अन्सारी आफ्ना समर्थकसहित नेकपा एमालेमा प्रवेश गरेका हुन्। मुस्लिम नेता अन्सारीलाई पार्टी अध्यक्ष केपी शर्मा ओली आफैले खादा ओढाएर पार्टीमा स्वागत गरेका छन् ।
मधेशबाट एमालेलाई लखेटेर सखाप पार्ने भन्ने केही मधेशी नेताको भनाईलाई अन्सारीको पार्टी प्रवेशले चुनौति दिएको अध्यक्ष ओलीले बताए ।

अन्सारीको पार्टी प्रवेश नै एमालेको मधेशमा बथान फैलनु हो भन्दै अध्यक्ष ओलीले उनलाई अंकमाल गरेर पार्टीमा प्रवेश गरेकोमा शुभकामना दिंदै स्वागत गरेका थिए । विभिन्न पार्टीबाट मधेसी नेताहरुलाई प्रवेश गराउँदै टिकट दिने रणनीति बनाएका बेला राजपाका सहमहामन्त्री समिम मिया अन्सारीको पार्टी प्रवेशलाई एमालेले मधेशमा पार्टीको पकड भएको मानेको छ ।

कार्यक्रममा अध्यक्ष ओलीले मुस्लिम समुदायको रमादानको बेला दोस्रो चरणको चुनाव जेठ ३१ गते नराख्न आफुले आग्रह गर्दा पनि सत्तापक्षका नेताले नमानेको बताए । एमालेले नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा मुस्लिम उम्मेदवार उठाइसकेको र अब मधेसका धेरै ठाउँमा मुस्लिमलाई उम्मेदवार बनाएर मधेशको विकासको बागडोर पनि मुस्लिमले नै गर्ने बताए ।

कार्यक्रममा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालको पनि उपस्थिति रहेको थियो । नेता नेपालले मैथिलीमा भाषण गर्दै मुस्लिम समुदायको अगुवाई तराईकै मुस्लिमले गर्नु पर्ने भन्दै मधेशमा मुस्लिमहरुलाई एमाले बनाउनु पर्ने जिम्मेवारी पनि बढेको बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।