काठमाडौँ महानगरपालिका वडा नं. १५ मा एमालेको प्यानल नै विजयी

काठमाण्डौँ, १३ जेठ । काठमाडौँ महानगरपालिका वडा नं. १५ मा एमालेको प्यानल नै विजयी भएको छ । शीर्ष नेताहरु बस्ने क्षेत्रमा अरु पार्टीले जिते पनि एमाले वरिष्ठ नेता झलनाथ खनाल बस्ने क्षेत्रमा भने एमालेको प्यानल नै विजयी भएको हो ।

चार हजार नौँ सय दुई मतसहित एमालेका ईश्वरमान डंगोल वडा अध्यक्षमा विजयी भएका छन् । कांग्रेसका वडा अध्यक्षका उम्मेदवार राजु खरेललाई पराजित गर्दै उनी विजयी भएका हुन् ।

दलित महिला सदस्य अनिता परियार, महिला सदस्य मैयाँलक्ष्मी महर्जन र खुल्ला दुई सदस्यमा पनि एमालेकै आनन्दराम गौतम र निमा ख्याम्छोलामा निर्वाचित भए ।खनालकै अगुवाईमा शनिबार विजयजुलुस निकालिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।