देवी र रेणुको भाग्य कोर्दै वडा नम्बर-२०, अब कस्लाई पर्ला भारी ?

चितवन, नेपाली काँग्रेस र माओवादी केन्द्रको उप मेयरमा भने नेपाली कांग्रेसकी उम्मेदवार पार्वती शाहले जित्ने पक्का भएको छ । पार्वतीले ४२,५८६ मत प्राप्त गरेकी छिन् भने एमालेकी दिव्या शर्माले ३६,३८५ मत ल्याएकी छन् । तर, यसै गठबन्धनका मेयर पदका उम्मेदवार रेणु दाहाल भने मेयरको दौडमा १ हजार १ सय ४५ मतले पछि छिन् ।

भरतपुर महानगरपालिकाको २९ वटा वडामा अब ३ वटा वडाको मात्रै मतगणना गर्न बाँकी रहँदा कस्को पल्ला भारी हुने हो भनेर सबैको चासो छ । भरतपुर १८ मा रेणुलाई काँग्रेसको ६२.५४ मत गएको छ । यसअघि औसतमा रेणुले काग्रेसको ५५५ सम्म मत पाएकी थिइन् । यहाँ वडा अध्यक्षमा कांग्रेसको १३३५, एमालेको ११०८, माओवादीको ६३३ मत खसेको थियो ।

रेणुले यस वडामा मात्रै १४६८ मत पाएकी छन । अब गनिने वडाहरु १९ र २० लगभग यस्तै खालका वडा हुन् । २१ मा एमाले अलिकति भएपनी बलियो छ । यद्यपि यही अनुपातमा मत झरेको खण्डमा कम्तिमा पनि २९० को मतान्तरमा देवी ज्ञवाली अगाडि हुने देखियो । तर सबै कुरा बाकसभित्र नै छ ।

अब मत गणना हुन वडा नं १९, २० र २१ को मात्रै बाँकी रहेको छ । जसमा १९ नं वडामा २८८७ मत, २० नं मा ३३१८ मत र २१ नं वडामा ३५६८ मत गरी कुल ९,७७३ मतगणना हुन बाँकी रहेको छ । वडा नम्बर २१ को पहिलो ६ सय भोट गणना गर्दा रेणु भन्दा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली जम्मा २४ भोटले पछाडि छन् ।

अहिले २१ नं वडाको मत गणना सुरु गरिएको छ । अब रेणुलाई जितका लागि तिनै वटा वडामा देवी ज्ञवालीभन्दा कम्तिमा ३८२ बढी मत ल्याउनु आवश्यक देखिन्छ भने हालकै अनुपातमा मात्रै अग्रता कायम रहिरहेको खण्डमा एमालेका देवी ज्ञवालीले नै जित्ने देखिन्छ । अन्तिममा मत गणना हुने वडा नं २० हो । यसै वडाको मत गणना सम्पन्न भएपछि कसले बाजी मार्छ भन्ने कुराको अन्तिम टुंगो लाग्ने छ।

हालसम्मको नतिजा अनुसार एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले ३९,७५० मत पाएका छन् भने माओवादी र कांग्रेस गठबन्धनकी साझा मेयर उम्मेदवार रेणु दहालले ३८,६०५ मत पाएकी छन् ।

अब गन्न बाँकी रहेका मध्ये तिनै वटा वडा कांग्रेसको पकड क्षेत्र मानिन्छ । यी वडाबाट रेणु दहालले देवी ज्ञवालीसँगको मतान्तर निकै घटाउने गठबन्धनको आशा रहेको छ । यसरी हेर्दा दुवैको जितको सम्भावना बराबरै रहेको देखिन्छ । जित हारको आँकलन गर्नका लागि अन्तिम वडाको मतगणना नै कुर्नु पर्ने देखिन्छ ।

भरतपुर महानगरमा मतगणा हुन बाँकी वडाहरु
वडा नम्बर १९ – खसेको मत २८६० ( शारदानगर , गुञ्जनगर , किरणगंज) / वडा नम्बर २० – खसेको मत ३३०२ ( भिमनगर , सिमलटाँडी , दद्रेनी ) / वडा नम्बर २१ – खसेको मत ३५६८ ( पार्वतीपुर , मनिपुर )



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।