‘डेन्जर जोनमा थिए, सेफ जोनमा आँए’ : देवी ज्ञवाली

भरतपुर महानगरपालिकामा ६ हजार मत गन्न बाँकी रहँदा एमालेका मेयर उम्मेद्वार देवी ज्ञवाली र कांग्रेस-माओवादीकी संयुक्त उम्मेद्वार रेणु दहालबीच हजार भन्दा कम मतान्तर बन्दै गएको छ। पछिल्लो परिणाम अनुसार ज्ञवालीले ४० हजार ९ सय ८० मत ल्याएका छन् भने रेणुले ४० हजार १ सय १६ मत पाएकी छन्।

उनीहरुको मतान्तर ७८४ पुगेको छ।
यस्तो मतपरिणाम आएपछि जित कसको हातमा पर्ला भन्नेमा धेरैको ध्यान भरतपुरले खिचेको छ। ज्ञवालीले भने अझै पनि आफैंले जित्नेमा ढुक्क भएको बताए। अब १९ र २० नम्बर वडाका मत गन्न बाँकी छ।

‘मैले पहिले नै तपाईँलाई भनेको थिएँ मैले जित्छु भनेर अझै पनि मलाई त्यही लाग्छ,’ उनले भने, ‘पहिले बरू म डेन्जर जोनमा थिएँ अब सेफ जोनमा आएको छु।’ अब मत गन्ने दुई मध्ये २० नम्बर वडामा आफ्नो मत केही थोरै आउने तर १९ मा राम्रो मत पाउने उनको अनुमान छ।

केही दिन अघिसम्म १५ सय/दुई हजारले जित्छु की भन्ने लागे पनि अब भने त्यो अन्तर घट्ने उनले बताए। ‘जित्न त मैले जितिहाल्छु तर मतान्तर भने तीन वटा अंक भन्दा माथि हुने भएन,’ उनले भने, ‘मैले केही सयले मात्रै जित्ने भएँ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖