सरकारले शिल्यान्यासको खेती मात्रै गर्छ : ओली (भिडियो सहित)
"एक बर्ष भित्र आधारभुत लोड सेडिङ बन्द हुन्छ भन्दा वहाँहरु मजाक उडाउनु हुन्थ्यो"
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले शिलान्यासको खेती मात्रै गरेको टिप्पणी गरेका छन् ।
आइतबार स्थानीय तहको दोस्रो चरणको चुनाव सम्बन्धी युवा संघ नेपालले काठमाण्डौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री दाहाललाई काममा कुनै रुचि नै नरहेको बताए ।
प्रधानमन्त्री दाहालले आइतबार विहान काठमाण्डौं निजगढ दु्रतमार्गको शिलान्यास गरेको प्रसंग जोड्दै अध्यक्ष ओलीले कामै नगरेर सरकारले शिलान्यासको खेती मात्रै गरेको व्यङग्य गरे ।
अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम नभई कुरा मात्रै गरेको दावी समेत गरे । उनले आफनो पार्टीले मात्रै विकासको अभियान संचालन गर्ने दावी समेत गरे ।


