यसरी च्यातियो भरतपुरमा मत पत्र ! – हेर्नुस भिडियो

भरतपुर महानगरपालिकाको मतगणनामा माओवादीका कार्यकर्ताले मतपत्र च्यातेपछि तनाव भएको छ । भरतपुरको मेयरमा एमालेका ज्ञवाली र माओवादीकी रेणु दाहालबीच रोमाञ्चक प्रतिस्पर्धा चलिरहेका बेला माओवादीका तर्फबाट मतगणनास्थलमा एजेण्ट बसेका दुईजनाले मतपत्र च्यातेका हुन् । मतपत्र च्यातिएपछि एकाएक मतगणना बिथोलिएको हो । मत गणनास्थलमा मेयर पदका उम्मेदवार रेणु दाहालको एजेण्ट बसेका बसेका माओवादीका मधु न्यौपानेले मतपत्र च्यातेका हुन् । न्यौपाने माओवादीको चितवन जिल्लाका वाईसीएल इन्चार्ज हुन् । न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि मतगणनास्थल भित्रै माओवादीका प्रतिनिधि द्रोण सिवाकोटीले पनि मतपत्र च्यातेका थिए । न्यौपाने र सिवाकोटी दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि अहिले भरतपुर महानरपालिकाको मतगणना स्थगित भएको छ । एमाले र माओवादी(काँग्रेस गठबन्धनका कार्यकर्ताबीच तनाव सिर्जना भएपछि प्रहरीले स्थिति सम्हाल्न लाठीचार्ज समेत गरेको छ । प्रहरीका एसपीले स्थिति भड्किए गोली हान्ने आदेश समेत दिएका छन् ।

https://youtu.be/ZjYPrg8Uvts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।