“साम, दाम, दण्ड, भेद जे–जे गरेर हुन्छ जित्ने” : प्रचण्ड (भिडियो सहित)

चुनावको मुखैमा आएर एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा काठमाडौ क्षेत्र नम्बर १० र सिराह ५ का उम्मेदवार पुष्पकमल दाहाल ुप्रचण्डुको गोप्य ‘अडियो टेप’ सार्वजनिक भएको छ । आफू चुनाव उठेको काठमाडौं क्षेत्र नम्बर १० का एमाओवादी कार्यकर्तालाई जसरी पनि चुनाव जित्न भन्दै दिएको प्रशिक्षणको अडियो टेप सार्वजनिक भएको हो । प्रचण्डको सम्बोधनको मुख्य अंश :

अहिले यो संविधानसभामा पनि हामी त्यँही उद्देश्यको निम्ति चुनावी लडाईँमा छौँ। त्यसकारण हामी फेरि पनि युद्धमै छाँै। हामी फेरि पनि लँडाईँमै र्छौ र यो लडाँईँ हामीले जित्नै पर्ने स्थिति छ।

मैले हाम्रो पार्टीको केन्द्रीय समितिमा पुरा जोड दिएर भनेको थिएँ, र हामी केन्द्रीय समितिको पहिलो विस्तारित बैठकमा जुरुक्कै हाम्रो केन्द्रीय समिति उठेकै हो त्यो विस्तारित बैठकको हल उठेको थियो ,जुरुक्कै उठ्यो।

कि हामीलाई हार्ने छुटै छैन। हामी हार्नु भनेको हामी दुर्घटना तिर जानु हो। सारा चिज बर्बाद हुने स्थिति छ फेरि। हामी हरहालतमा जित्नै पर्छ। अहिले पनि हामी लडाईँमै छौँ कमरेडहरु।

तपाइँहामीले यो संविधानसभाको निर्वाचनको लडाईँ जित्नै पर्‍यो र पर्छ। हार्ने हामीलाई छुट छँदै छैन। हारियो भने बर्वाद हुन्छ। यहाँ अहिले यो उम्मेदवार त्यो उम्मेदवार छोडि्दनुस, जो सुकै होस हाम्रो पार्टीले जित्नै पर्छ , हामीले जिताउँनै पर्छ। जितेनौँ भने बर्वाद हुन्छ।

त्यसकारण अरू सबैकुरा छोडेर मैले भनेँ, र म फेरि दोहोर्‍याएर भन्छु – सबै कुरा छोडेर हामीले जित्नेमा मात्रै ध्यान दिनु पर्‍यो, ४ गते सम्म। साम, दाम, दण्ड, भेद जे जे गरेर हुन्छ जित्ने। यो कुरा विचार गर्नुहोला नेतृत्वका कमरेडहरू।

जित्नुपर्छ जे गरेर भए पनि जित्नुपर्छ। यसो भन्दा कतिपय आदर्शबादीहरूले जे गरेर पनि जित्ने भनेपछि पैसा बाँडेर पनि जित्ने? पैसा भए देखि बाँडेर पनि जित्ने हो। मैले त्यसो भन्ने गर्थेँ पहिला पनि। कसैले राँगो काट्ने, रक्सी बाँड्ने, अलिकति पैसा पनि बाँड्ने, मोटरसाइकल बाँड्ने के गर्ने के गर्ने गर्थे। सकिन्छ भने हामीले कब्जा गरेर जनतालाई यो तपाईँको हो यसको होइन भन्दिने हो। (सहभागिको ताली)

पैसा पनि कब्जा गर्ने।

१० नं. क्षेत्रमा हाम्रो पहिलाको भन्दा घट्यो भने चाँही राम्रो कुरा हुदैँन। त्यसको मेसेज, रियाक्सनकारीहरूले देश भित्रकाले पनि र बाहिरकाले पनि जे होस पार्टीको लोकप्रियता घटेकै छ। नेतृत्वको लोकप्रियता घटेकै छ।

हामी पहिला लडेको ठाँउबाट फेरी लड्दा भोट घट्यो भने पहिला यति आथ्यो अर्कोपटक त घट्यो। भने पछि त्यो मेसेज के हुन्छ भने सन्देश चाँहि घट्यो, माओवादीको लोकप्रियता र माओवादी नेताहरूको लोकप्रियता र हैसियत घटेको छ भन्ने हुन जान्छ।

त्यो कुरामा जब भोट, त्यो फोटो सहितको नामावलीको कुरा आएपछि गोरखामा २ नम्बर निर्वाचन क्षेत्र जहाँ बाबुराम जी लडेको हो, पहिले उँहाले पाएको भोट जति अहिले नेपालको मतदाता नै छैन। (हासो)

देश भरिमा सबभन्दा बढी भोट बाबुराम जीले पाउनु भो, अहिले मतदातै ४६ हजार छ्रैनन्। भनेसी, हिजोभन्दा घटेको किन बनाउने अर्को ठाँउमा बढेको किन नबनाउने भन्ने सँग सम्बन्धित छ। र साम,दाम दण्ड,भेद जसरी भएपनि चुनाव जित्नको लागि अपिल गर्दै अहिले बिदा हुन्छु । हवस त धन्यवाद!



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।