८ वर्ष पहिले नेपाल आइपुगेकी इन्डोनेसियाकी एक महिला नेपाली श्रीमान्बाट धोखा पाएपछि विचल्लीमा

जनकपुरधाम, मायाप्रेमको बन्धनमा बाँधिएपछि देशसमेत छाडेर ८ वर्ष पहिले नेपाल आइपुगेकी इन्डोनेसियाकी एक महिला अहिले श्रीमान्बाट धोखा पाएपछि विचल्लीमा परेकी छन् । इन्डोनेसियाको आर टी ०४ आर डब्लु-३० त्रिध्यांगो गाम्पिङ सलेमान योगयकर्ता निवासी तितिक इस्तियानी आठ वर्ष पहिले सप्तरीको हरिहरपुर निवासी सञ्जीवकुमार चौधरीसँग प्रेम सम्बन्ध गाँसेर नेपाल आएकी थिइन् । २००६ मा तितिया वैदेशिक रोजगारीका लागि इन्डोनेसियाबाट मलेसियाको चकलेट फ्याक्ट्रीमा पुगेकी थिइन् । त्यही बेला उनको भेट सञ्जीवसँग भएको थियो । सञ्जीव उनीभन्दा १० वर्ष कम उमेरका भए पनि तितिया उनको प्रेममा परिन् ।

मलेसियामै एक वर्षको प्रेम सम्बन्धपछि उनीहरू विवाह गर्ने निर्णयमा पुगे । तितियाले सञ्जीवलाई आफ्नो देशमा गएर बुबाआमासँग आफ्नो हात माग्न अनुरोध गरिन् । २००७ मा दुवैजना इन्डोनेसिया पुगे र सञ्जीवले मुस्लिम धर्म अपनाई विवाह गरे । सञ्जीव तितियासँगै दुई महिना इन्डोनेसिया बसे । त्यसपछि सञ्जीव पुनः मलेसिया फर्के । तितियाले माइतीमै छोरी जन्माइन् ।

छोरी जहरा चार महिनाको भएपछि तितिया श्रीमान् भेट्न मलेसिया पुगिन् । त्यहाँ सञ्जीवले उनलाई नेपालको जनकपुरमा आफ्ना बुबाआमाको घर जान प्रस्ताव राखे । तितियाले सञ्जीवको प्रस्ताव मानेर २००९ मा तीन महिनाको भिसा लिएर छोरीसँगै जनकपुर आइपुगिन् । नेपाल आइपुगेपछि नेपाल सरकारका कर्मचारीसमेत रहेका ससुरा नकुल चौधरीले उनलाई बुहारी भनेर माया गरे पनि सासू सरस्वतीले मुस्लिम भएको भन्दै हेलाँ गरिन् ।

तितियाले भनिन्, ‘मेरो नाम फेरेर सन्जना चौधरी राखियो । यहाँको नागरिकता दिलाइयो र सप्तरीबाट विवाह दर्तासमेत गराइयो ।’ त्यसपछि आफ्नो माइती बिर्सेर सासूससुरासँग जनकपुरमै बस्न थालेकी तितियाले मिथिलाको सभ्यता पनि सिकिन् । साडी चोलो लगाएर मैथिली र नेपाली भाषासमेत सिकेर राम्री बुहारी र श्रीमती बन्न सक्दो प्रयास गरिन् ।

२०१४ मा तितियालाई घरमा छाडेर सञ्जीव अमिनको तालिम लिन भन्दै काठमाडौं गए । यस क्रममा सञ्जीवले अन्य महिलासँग अनैतिक सम्बन्ध राखे । सञ्जीवले धनुषाकै कुर्था गाउँकी एक विवाहित र दुई छोराछोरीकी आमालाई भगाएर एक वर्षसम्म सँगै राखेका थिए । ती महिलाका श्रीमान् विदेशबाट फर्केपछि प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि सञ्जीव र ती महिलालाई प्रहरीले पक्राउ गरेर दुवै परिवारको जिम्मा लगाएको थियो ।

यो विषयको प्रतिवाद गर्दा तितियालाई घरबाट निकालियो । ९ र ७ वर्षीया दुई छोरीलाई समेत सासूससुराले जबरजस्ती आफूसँगै राखेर तितियालाई घरबाट निकाले । घरबाट निकालिएपछि सिरहाको लहानमा प्रदीप गिरीद्वारा सञ्चालित आ श्रममा केही दिन काम गरेर बसेकी तितिया छोरी भेट्न पाउने आसमा पुनः जनकपुर फर्किन् । जनकपुरमा थुप्रै घरमा खाना पकाउने, घरेलु कामकाज गरेर जसोतसो गुजारा गर्दै आएकी छन् । प्रहरी, प्रशासन र मानवअधिकारकर्मीसँग न्याय माग्दै हिँडेकी तितियाले छोरीहरू आफूले पाल्न पाउनुपर्ने माग गरेकी छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।