‘नेपाली सेना बिखण्डनकारीको तमासा हेरेर बस्दैन’ : प्रधानसेनापति

पोखरा, १९ जेठ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना बिखण्डनकारीहरुको तमासा हेरेर बस्न नसक्ने चेतावनी दिएका छन् ।

मुलुकमा सामाजिक सद्भाव खल्बलाउने दुस्प्रयास भइरहेको भन्दै सेनापति क्षत्रीले नेपाली सेनालाई संविधानले दिएको अधिकार प्रयोग गरी बिखण्डनकारीहरुलाई परास्त गर्ने बताए ।

पोखराको फुलबारी ब्यारेकमा आयोजित भूपूसैनिक सम्मेलनलाई सम्बोधन गर्दै सेनापति क्षत्रीले राजनीतिक बहानामा बिखण्डनकारीहरुले सामाजिक सदभाव खल्बल्याउने दुस्प्रयास गरिरहेको बताए । मुलकभित्र बसोबास गर्ने अनि बिखण्डनकारी भूमिका खेल्दै सामाजिक सद्भाव खल्बल्याउने दुसप्रयास गर्नेलाई नेपालको संविधानको अधिनमा रही परास्त गर्न नेपाली सेना तयार रहेको उनले बताए ।

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधिनताको रक्षा गर्नका लागि सेना प्रवद्ध रहेको उनले बताए ।

प्रधानसेनापति क्षत्रीले पहिलो चरणको स्थानीय चुनाव सम्पन्न गन नेपाली सेनाको ठूलो भूमिका खेलेको र दोश्रो चरणमा सेनाले आफ्नो तर्फबाट निभाउनुपर्ने भूमिका निभाउने बताए ।

कार्यक्रममा अवकास प्राप्त विभिन्न सैनिकहरुलाई सम्मान तथा सैनिक कल्याणकारी कोषबाट सञ्चालित विभिन्न कर्जाहरु समेत प्रदान गरिएको थियो । – अनलाईनखबर ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।