ओलीले रेणु दाहाललाई भरतपुरको मेयरमा विजयी घोषणा गर्न भनेपछि…

काठमाण्डौ, २० जेठ । प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीले भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतगणना गराउने निर्वाचन आयोगको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् ।

पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग शनिबार कुरा गर्दै ओलीले पुनः मतदान गर्ने निर्णय गरेर आयोगले तमासा देखाएको आरोप लगाए । उनले आयोगको निर्णय अस्वीकार गर्ने स्पष्ट गर्दै आफ्नो पार्टी त्यसको कानुनी उपचारमा जाने उल्लेख गरे । ओलीले निर्वाचन आयोग सत्तापक्षका सामु लाचार देखिएको टिप्पणी गरे ।

उनले रेणु दाहाललाई भरतपुरको मेयरमा विजयी घोषणा गर्न चुनौती दिए । ‘निर्वाचन आयोग लाचार देखियो’, ओलीले भने, ‘पुनः मतदानजस्तो तमासा नगरी रेणु दाहालले जित्नुभयो भनेर घोषणा गरे हुन्छ ।’

ओलीले दोश्रो चरणको स्थानीय निर्वाचन नगरी उम्मेदवारी दर्तापछि सरकारले जसलाई भन्छ त्यसैलाई विजयी घोषणा गरेर देखाउन निर्वाचन आयोगलाई आग्रह गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।