इपिएस कोरियन भाषा परीक्षा शनिबार र आइतबार

रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत नेपाली कामदार कोरिया पठाउनुअघि लिइने इपिएस–टोपिक (कोरियन भाषा) परीक्षा आगामी शनिबार र आइतबार सञ्चालन हुँदैछ । श्रम तथा रोजगार मन्त्रालय-वैदेशिक रोजगार विभाग-इपिएस कोरिया शाखाले गत शुक्रबार परीक्षा केन्द्र सार्वजनिक गर्दै आइतबार र शनिबार परीक्षा हुने निश्चित गरेको हो । शाखाले ९ देखि १८ चैत ०७३ सम्म संकलन गरेका आवेदकका लागि कोरियन भाषा परीक्षा सञ्चालन गर्न लागेको हो ।

१० हजार कोटा– ७५ हजार ६ सय आवेदन
यस वर्ष कोरिया सरकारबाट १० हजार २ सयजना कामदारको कोटा नेपाली कामदारका लागि प्राप्त भएको थियो । त्यसमध्ये कृषि तथा पशुपालनतर्फ ६ हजार २ सय र उत्पादनतर्फ ४ हजार कोटा नेपाली कामदारका लागि प्राप्त भएको छ । इपिएस कोरिया शाखाका अनुसार कूल ७५ हजार ६ सय १२ जना प्रशिक्षार्थी भाषा परीक्षामा सहभागी हुँदै छन् । कोरिया सरकारले १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका युवालाई कामदारका रूपमा भित्र्याउने गरेको छ । भाषा परीक्षाको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी शाखाको छ । गतवर्ष ३ हजार ५ सय कोटाका लागि ६० हजार युवाले भाषा परीक्षा दिएका थिए ।

परीक्षा काठमाडौं उपत्यकाभित्र
इपिएस कोरिया शाखाका अनुसार भाषा परीक्षा काठमाडौं उपत्यकाभित्रका परीक्षा केन्द्रमा सञ्चालन हुँदै छ । दैनिक दुई सिफ्टमा परीक्षा गर्ने शाखाको तयारी छ । जसअनुसार पहिलो सिफ्ट बिहान १० बजेबाट सुरु हुनेछ । दोस्रो सिफ्ट दिउँसो २ बजेबाट सुरु गर्ने तयारी शाखाको छ । हरेक सिफ्टको परीक्षा सञ्चालन हुनुभन्दा दुई घन्टा अगाडिबाट अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने भएकाले त्यसअगाडि नै आफ्नो सिटमा बसिसक्नुपर्ने शाखाले जानकारी दिएको छ । अघिल्ला वर्ष निर्धारित समयमा नआउँदा धेरै परीक्षार्थी परीक्षा दिन बन्चित हुने गरेको भन्दै शाखाले चनाखो हुनसमेत सचेत गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।