मन्त्रालयमै पुगेर गगन थापाका अगाडि उनको जीवन साथी अञ्जनाले आँशु बहाएपछि…
काठमाडौं, साढे नौ महिनाको आफ्नो कार्यकालको समीक्षा गर्दै स्वास्थ्य मन्त्रालयबाट मन्त्री गगन कुमार थापा मन्त्रालयबाट बिदा हुने कार्यक्रम थियो आइतवार । स्वास्थ्य मन्त्रालयको हलमा पत्रकारहरु खचाखच थिए । जब पत्रकार सम्मेलन सुरु भयो आफ्नो साढे नौ महिने कामको मुल्यांकन गनुपूर्व उनले सभापति देउवा भन्दा पनि बढी खुलेर प्रंशशा गरे प्रधानमन्त्री प्रचण्डको ।
प्रधामन्त्री प्रचण्डले आफूलाई काम गर्न सहयोग गरेको बताउँदै उनले प्रचण्डको गुणगान गाए । उनी यससँगै उनले आफ्नो श्रीमती डा अञ्जना केसीको प्रंशशामा केही बव्द खर्चिए । पत्रकारहरुका बीचमा थापाले जीवनसाथी डा अञ्जना केसीको पनि कार्यक्रममा खुलेर प्रशंसा गरे।आफ्नो पेशासँगै घरपरिवार सम्हाल्दै उपयुक्त सल्लाह–सुझावसहित सहयोग गरेको भन्दै धन्यवाद दिए। मन्त्री थापाले गरेको प्रशंसा पछाडि बसेर सुनिरहेकी डा अञ्जना भने भावुक भएकी थिइन्। उनीसँगै बसिरहेका चिनजानका व्यक्तिले धाप मारेपछि उनले खुसीको आँशु थाम्न सकिनन् ।
स्वास्थ्यमन्त्री गगन थापा फेरि मन्त्री हुने चाहना
स्वास्थ्यमन्त्री गगन थापाले अाफ्ना कार्यकालमा स्वास्थ्य सेवा क्षेत्रमा अत्याधिक नै सफलता मिलेको बताएका छन् । आइतबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन अायोजना गरी आफ्नो कार्यकालमा भएका धेरै सुधार गरेको भएपनि त्यो पर्याप्त नभएकाले यस क्षेत्रमा अझै अाफ्नाे अावश्यकता रहेको बताएका छन् ।
आफु मन्त्री बन्दा पनि स्वास्थ्य क्षेत्रमा धेरै प्रगति भईसकेको तर व्यवस्थापकीय पक्षमा कमजोरी रहेको भन्दै उनले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रको विकासका लागि थुप्रै महत्वपूर्ण काम भएको जिकिर गरे ।
१० महिना कार्यकालमा हुँदा भएका सुधारहरु-
सात वर्षे एकीकृत स्वास्थ्य पूर्वाधार विकास योजना निर्माणदेखि, निशुल्क औषधि खरिद, जनशक्तिको व्यवस्थापन , विहान ९ देखि साँझ ५ बजे सम्म ओपिडी कक्ष संचालन र सामाजिक सेवा इकाई स्थापना जस्ता काम आफ्नो कार्यकालमा भएको मन्त्री थापाले वताए ।
यस्तै, सरकार आफैले औषधी खरिद गर्ने र अस्पतालले नै फार्मेसी संचालन गर्ने ब्यवस्था गरिएको उनले वताए । जसअन्तर्गत मन्त्रालयमा अहिलेसम्म ६१ अस्पतालमा फार्मेसीको विवरण आइसकेको मन्त्रालयले जनाएको छ ।
थापाका अनुसार सबै सरकारी अस्पतालमा विकास समिति गठन गरिएको, आवश्यक मेडिकल उपकरणको व्यबस्था गरिएको छ ।
यस्तै, दीर्घ तथा कडा प्रकारका रोगहरु मिर्गाैला प्रत्यारोपण निशुल्क, बाथमुटुरोगको उपचार, महिलाहरुको पाठेघर परीक्षणलगायतको अभियानले जनस्वास्थ्यमा राम्रा काम भएकोसमेत थापाले उल्लेख गरे । – यस काठमाडौंबाट


