विप्लव समूहका कार्यकर्ताले भ्रष्टाचारको आरोपमा कालो मोसो दलिदिएपछि पीडा भुल्न जिशिअले गरे कार्यकक्षमै ग्रहशान्ति !

कैलाली, २२ जेठ । तस्वीरमा देखिएको स्थान हो- कैलाली जिल्ला शिक्षा कार्यालयका प्रमुखको कार्यकक्ष । जिल्ला शिक्षा अधिकारीको कार्यकक्षमै पुरोहित बोलाएर ग्रहशान्ति गराइँदै गरेको दृश्य तस्वीरमा देख्न सकिन्छ ।

कैलालीका जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टले आफ्नै कार्यकक्षमा ब्राम्हणद्वारा ग्रहशान्ति पूजा लगाएका छन् । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका कार्यकर्ताले भ्रष्टाचारीको आरोप लगाउँदै विष्टलार्इ कालोमोसो दलेका थिए ।

शुक्रबार कालोमोसो दलिएपछि जिशिअ विष्ट तनावमा देखिएका थिए । सामाजिक रुपमा लज्जित महशुस गरेका जिशिअ बिष्टले ग्रहशान्तिका लागि आइतबार कार्यालयमै हवन गरेका हुन् ।

जिल्ला शिक्षा अधिकारी विष्टसँग सम्पर्क गर्दा कार्यकक्षमै ग्रहशान्ति पूजा गरेको स्वीकारेका छन् । तर, यो हरेक वर्ष गरिने नियमित पूजाकै निरन्तरता भएको पनि उनले बताए । जिशिअले हरेक वर्षकै निरन्तरता बताए पनि यसअघि कार्यकक्षमै हवन गरेको भने थाहा नभएको एक जना कर्मचारीले अनलाइनखबरलार्इ बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।