भतरपुर महानगरपालिकामा मतपत्र च्यातिएपछि काण्डैकाण्ड, अब के गर्लान प्रचण्ड ?

काठमाडौं, २२ जेठ । चितवनको भतरपुर महानगरपालिकामा मतपत्र च्याएपछि काण्डैकाण्डै बढेको छ । मतपत्र च्याएपछिको विषयमा राष्ट्रिय रुपमा मात्र चर्चा पाएन अन्तर्राष्ट्रिय रुपमा पनि अहिले चर्चाको विषय बनेको छ ।

पहिलो चरणको निर्वाचनमा ३ ४ र ६ नम्बर प्रदेशको २ सय ८३ स्थानीय तह मध्ये चिवतनको भरतपुर महानगरपालिकालाई राजनीतिक दलहरुले प्रतिष्ठाको विषय बनाए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्री रेणु दाहाल उठेको कारणले रानीतिक रुपमा महत्व बोकेको थियो । सुरुदेखि नै एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता लिए । बीचमा केही मतले रेणु दाहालले अग्रता लिएपछि मतगणनाको पछिल्लो परिणमा आउदासम्म ज्ञवालीलेले ७ सय मतले अग्रता लिएका थिए । तर मध्ये रातमा मतपत्र च्याएपछि विवादले नयाँ रुप लिएको छ ।

मतपत्र च्याएपछि एमालेले संसद निरन्तरत रुपमा अवरोध गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्डले राजिनामा दिएको झण्डै दुई साता पुग्दा समेत नयाँ प्रधानमन्त्री चयन हुन सकेको छैन् । नयाँ प्रधानमन्त्री चयन गर्नको लागि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा उम्मेदवारी दिएको आइतवारको लागि निर्वाचन कार्यतालिका समेत सार्वजनिक हुँदा पनि एमालेले संसद चल्न दिएन ।

भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयको विरुद्ध सर्वोच्चमा रिट परेको छ । जुन रिटको सुनुवाई हुँदैछ । एमालेले सर्वोच्च अदातलले गर्ने फैसला स्वीकार गर्ने बताएको छ । चितवनमा मतपत्र च्याएको विषय सर्वोच्च अदालतबाट छिनोफानो हुँदैछ । सर्वोच्चको अन्तरिम आदेश यदी निर्णय रोक्नु भन्ने आयो भने अब के गर्लान प्रचण्ड ?



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।