‘कतारमा कार्यरत नेपाली कामदार आत्तिनु पर्दैन’ : पूर्व राजदूत

काठमाडौं, जेठ २३ – स्थानीय नागरिक र प्रवासी मजदुरका लागि कतार सरकारले व्यवस्था गरिसकेको छ । आर्थिक अवस्था राम्रो भएको कतारले विभिन्न देशहरुबाट खाद्य सामग्री आयात गर्छ ।

गल्फका केही देशहरुले कुटनैतिक सम्बन्ध बिगार्दैमा जुन असुविधा उत्पन्न हुने हो त्यसका लागि उसले आवश्यक व्यवस्था मिलाइ सकेको छ । त्यसैले नेपाली कामदारले तत्काल कुनै चिन्ता लिनु पर्दैन् ।

कतार सरकारले यसबारे विज्ञप्ती पनि जारी गरिसकेको छ । जुन देशहरुबिच असमझदारी छ, त्यसलाई हटाउन सबै पक्ष लागेका पनि छन् ।

कुटनैतिक सम्बन्धको विच्छेदले कतारको मात्रै होइन, सम्बन्ध विच्छेद गर्ने देशहरुको आन्तरिक अवस्थामा पनि प्रतिकुल असर पर्छ । त्यसैले यो अवस्था धेरैदिनसम्म रहँदैन । उनीहरु दुई पक्षीय, त्रिपक्षीय र बहुपक्षीय वार्ता गरेर छिटो भन्दा छिटो कुटनैतिक सम्बन्ध सुधार गर्छन ।

हामी कामना गरौं उनीहरुको सम्बन्ध पनि चाँडै सुधार होस् । किनभने कतारसँगै कुटनैतिक सम्बन्ध टुटाउने मुलुकहरुमा पनि हाम्रा कामदार छन् । यो काम चाँडै होला भन्ने मलाई लाग्छ ।
उडानहरु प्रभावित भए ।

तर कतारलाई मात्रै यसले प्रभाव पार्दैन । कतार सँगै अरु देशलाई पनि घाटा नै भएको छ । आर्थिक विकासमा कतारसँगै अरु देशहरुलाई पनि प्रभाव पर्छ । त्यसकारणले यो अवस्था धेरै समय रहन्न ।

धेरै समयसम्म यो अवस्था रहयो भने कतारको निर्माण क्षेत्रमा प्रभाव पर्ला, तर अन्य देश पनि अछुतो रहन सक्दैनन । आयत गर्नेसँगै निर्यात गर्नेलाई पनि प्रभाव पर्छ ।
कुराकानीमा आधारित । सूर्यनाथ मिश्र/कतारका लागि पूर्व राजदूत ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।