प्रधानन्यायाधीश कार्कीको पेन्सन पट्टा प्रचण्ड सरकारले रोकेको खुलासा
काठमाडौं । प्रधान न्यायाधीश सुशीला कार्की सर्वोच्च अदालतबाट बाहिरने तयारीमा छन् । उनी आफ्नो कार्यकाल सकेर आज घर फर्किने तयारीमा छन् । तर सर्वोच्च अदालतले पेन्सन पट्टा बन्न अस्वीकार भउको खुलासा भएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदको बैठकमा बोल्दै पेन्सन पट्टा बन्न अर्थमन्त्रालयले अस्वीकार गरेको भन्दै आपत्ति जनाए ।
उनले तपाईमाथि महाअभियोग छ भन्दै अर्थ मन्त्रालयले पेन्सन पट्टा गर्न नमानेर अपमानजन ब्यबहार गरेको बताए । ओलीले त्यस्तो खुलासा गर्दा अर्थमन्त्री कृष्णबहादुर महरा र गृहमन्त्री विमलेन्द्र निधिले कानेखुसी गरेका थिए । कार्कीले अवकाशअघि संवैधानिक परिषद्लाई प्रधान न्यायाधीश नियुक्तिका लागि ६ जनाको नाम पठाएकी छिन्। उनी न्यायपरिषद्को समेत अध्यक्ष हुन्।
कार्कीले बरिष्ठ न्यायाधीश गोपाल पराजुलीसहित न्यायाधीशहरु दीपकराज जोशी, देवेन्द्रगोपाल श्रेष्ठ, ओमप्रकाश मिश्र, चोलेन्द्र शमशेर जबरा र जगदीश शर्मा पौडेलको नाम पठाएकी हुन्। नेपाल पाटीमा खबर छ ।


