ओलीले प्रधानमन्त्रीमा निर्वाचित देउवालाई बधाई समेत दिएनन्, मुन्टो बटारेर हिंडे, माधव नेपालले बधाई दिए !
काठमाण्डौं, २३ जेठ । प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार व्यवस्थापिका–संसदबाट प्रधानमन्त्रीमा निर्वाचित काँग्रेस सभापति शेरबहादुर देउवालाई बधाई समेत दिएनन् । काठमाण्डूटुडेमा समाचार छ ।
काँग्रेस–माओवादी गठबन्धन टुटाउन अन्तिमसम्म गरेको प्रयास विफल भएपछि प्रधानमन्त्री निर्वाचनअघि मंगलबार संसदमा झण्डै दुई घण्टा लामो भाषण गरेका ओलीले प्रधानमन्त्रीबाट पुष्पकमल दाहाल प्रचण्डले किन राजीनामा दिएको ? भन्ने प्रश्न गरे । जबकि प्रचण्ड सरकारलाई ओलीले भारतको हितमा बनेको लम्पसारवादी सरकारको संज्ञा दिँदै आएका थिए । आफैंले लम्पसारवादी उपमा दिएका सरकारका प्रधानमन्त्रीले राजीनामा दिनु हुँदैनथ्यो भन्ने ओलीको तर्कलाई धेरैले आश्चर्यका रुपमा लिएका छन् ।
ओलीले काँग्रेस–माओवादी गठबन्धनप्रति कटाक्ष गरेका थिए । काँग्रेसले मुखले लोकतन्त्रको कुरा व्यवहार ठीक वितरीत रहेको बताए । यद्यपि जस्तोसुकै कटाक्षपूर्ण सम्बन्ध भए पनि प्रधानमन्त्रीमा निार्वचित भएपछि लोकलाजका बुझाउन औपचारिकताका लागि मात्रै भए पनि नवनिर्वाचित प्रधानमन्त्रीलाई विपक्षमै भोट दिएका नेताले समेत बधाई दिने प्रचलन छ । तर, ओलीले देउवालाई बधाई दिए आवश्यक ठानेनन् । एमालेको उम्मेदवार नभएकाले देउवाको विपक्षमा मत दिएर उनी बालकोटतिर लागे ।
तर, एमालेका नेताहरु माधव नेपाल र झलनाथ खनाल लगायतले भने देउवालाई बधाई थिए । ओलीले देउवाको यसअघिको गुणसमेत तिरेनन् । ओली प्रधानमन्त्रीमा निर्वाचित भएका बेला सुशील कोइरालाका प्रस्तावक रहेका देउवाले अंकमाल गरेर बधाई दिएका थिए ।


