धोखादिने देउवासँग टासिएपछि राजपा पार्टी फुटको संघारमा !

एकता भएको दुई महिना नबित्दै राष्टिय जनता पार्टी फुटको संघारमा पुगेको छ । यस्को प्रमाण प्रधानमन्त्रीको निर्वाचनमा समेत देखिएको छ । प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने सम्बन्धमा मधेसकेन्द्रित दल राजपाका दुई नेताले हस्ताक्षर नगरी उनीहरुले आफ्नो असन्तृष्टि छताछुल्ल पारेका हुन ।

राजपाका नेताहरु राजकिशोर यादब र महेन्द्रराय यादबले हस्ताक्षर नगरी असन्तुष्टी जाहेर गरेका छन् । मंगलबार संसद बैठक सुरु हुनुअघि भएको सत्तापक्ष र राजपाबीचको हस्ताक्षर कार्यक्रममा दुबै नेता अनुपस्थित रहेका थिए । सहमति पत्रमा राजपाका अन्य दुई नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोले पनि हस्ताक्षर नगरी उनीहरुका तर्फबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णले हस्ताक्षर गरेका छन् ।

राजपामा सरकारलाई समर्थन गर्ने कि नगर्ने र दोस्रोचरणको निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने विवाद चर्किदै गएको छ । विभिन्न ६ पार्टीमा विभाजित भएकालाई राजपामा एकीकृत गर्ने सूत्राधारका रुपमा प्रचारित राजकिशोर यादब अर्का नेता महेन्द्रराय यादबसँगै सत्तापक्षले संविधान संशोधनमा धोखा दिएकोले देउवालाई समर्थन जनाउन नहुने अडान राख्दै आएका थिए । उनीहरु दुबै जनाले संविधान संशोधन नहुँदासम्म कुनै पनि निर्वाचनमा सहभागी हुन नहुने मत राजपाभित्र राख्दै आएका छन् । – एस काठमाडौं



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖