१ घण्टामै उल्टियो पौडेल समूहको निर्णय, देउवाको फोनपछि सपथ ग्रहणमा जान राजी

काठमाडौं, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने रामचन्द्र पौडेल समूहको निर्णय एक घण्टामै उल्टिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले ‘छलफल गरेर मिलाउँछु’ भनेको भन्दै पौडेल समूह सपथ ग्रहण कार्यक्रममा जान तयार भएको हो ।

यसअघि पौडल समूहको बुधबार बिहान बसेको बैठकले देउवाले एकलौटी गरेको भन्दै सपथग्रहण कार्यक्रममा सहभागी नहुने र मन्त्री पनि सिफारिस नगर्ने निर्णय गरेको थियो । उक्त निर्णय सार्बजनिक भएपछि देउवाले पौडेललाई टेलिफोन गरेका थिए ।

‘सभापति जीले यस्तो निर्णयले गलत म्यासेज जान्छ । सपथ ग्रहण कार्यक्रममा आइदिनुस् । अरु कुरा म मिलाउँछु भन्नुभयो,’ पौडेल समूहका एक नेताले अनलाईनखबरसँग भने, ‘उहाँको आग्रहअनुसार सपथ ग्रहणमा सहभागी हुन्छौं ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।