प्रचण्डले दिए टोपबहादुरलाई ठूलो झड्का, माओवादीमा मच्चीयो खैलाबैला !

माओवादी केन्द्रमा टोपबहादुर रायमाझीलाई पार्टी अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले झड्का दिएका छन् । माओवादीको प्रमुख समर्थनमा बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा रायमाझी जान चाहेतापनी दाहालले रोकेका हुन ।

देउवा सरकारमा पहिलो चरणमा माओवादीले एकजना उपप्रधानमन्त्रीसहित तीनजना मन्त्री पठाएको छ । त्यसमा रायमाझीको नाम नपरेपछि प्रचण्डदेखि उनी रुष्ट छन् । यसले माओवादीमा खैलाबैला मच्चिएको छ ।

यतीबेला माओवादीले सरकारमा पठाएका तीन मन्त्रीमध्ये गृहमन्त्री जनार्दन शर्माबाहेक अन्य दुईजनाको कार्यक्षमता ठीकै मानिन्छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा पटक–पटक मन्त्री बनिसकेका व्यक्ति हुन् । उनी सत्ताको वरिपरि रहने भाग्यमानी नेता होइनन् । खासगरी माओवादी पार्टीभित्रै उनलाई ‘पैसा’ को विषयलाई टीका टिप्पणी हुने गरेको छ ।

गृहमन्त्री जनार्दन शर्मा भने उर्जा मन्त्रालयको उनको भूमिकालाई हेर्दा ठीकै मानिन्छन् । माओवादीबाट विनाविभागीय मन्त्री बनेका प्रभु साह मधेसमा सामान्य प्रभाव भएका नेता मानिन्छन् । साह विनाविभागीय मन्त्री बनेका छन् । प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री र स्थानीय विकास मन्त्रीमा फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारलाई छानेका छन् ।

कमल थापाले यो पदमा दाबी गर्दै आएका थिए । देउवाले त्यसमा रुची देखाएनन् । उपप्रधान मन्त्री नपाएकै कारण राप्रपा पहिलो चरणमा सरकारमा आएन । संविधान संशोधनका लागि राप्रपालाई पनि सँगै लिएर हिँड्नुपर्ने चुनौतीको सामना गर्न देउवाले राप्रपालाई विश्वासमा लिनुपर्नेमा त्यसो गर्न चुकेको देखिन्छ ।

प्रधानमन्त्री देउवाले पहिलो चरणमा आफ्नो दलबाट छानेका मन्त्रीहरूको सूची हेर्दा खासै सन्तुष्ट हुने देखिँदैन । मन्त्रीको अनुहार हेर्दा गुट व्यवस्थापन गरे जस्तो देखिएको आलोचना छ ।

कृष्णबहादुर महरा यसपटक निजी रोजाईमा नभई पार्टी अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री प्रचण्डको दबाबमा सरकारमा दोहोरिने अवसर पाएका हुन् । हालै मन्त्री छान्न बसेको माओवादी पार्टीको हेडक्वार्टर बैठकमा मन्त्रीका आकांक्षी धेरै देखिएपछि आफू निकटका महरालाई नै प्रचण्डले पार्टीको प्रतिनिधित्वसहित प्रस्ताव गरेका थिए ।

नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा समेतले महरालाई नै समर्थन गरेपछि उनी दोस्रो वरियताका उपप्रधानमन्त्रीका साथ देउवा सरकारका सारथी बनेका हुन् । टोपबहादुर रायमाझीलाई रोक्नका लागि पनि प्रचण्डले यस्तो कदम उठाएको आरोप छ । उता रायमाझीले भने प्रचण्डलाई असयोग गर्ने भित्र भित्रै योजना बुझेको स्रोत बताउछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।