प्रचण्ड प्रधानमन्त्री हुँदा भैंसीको पूजा गराएर चर्चित बनेका कृष्णदासजीले देउवाबारे गरे गम्भीर भविष्यवाणी !

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा उनलाई भैंसीको पूजा गराएर चर्चित बनेका एक सन्तले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाबारे एउटा गम्भीर भविष्यवाणी गरेका छन् ।

प्रधानमन्त्री निर्वाचित भएलगत्तै पत्नी आरजु राणा ३ उपप्रधानमन्त्रीसहित सन्तनिवास कृष्णदासजी महाराजसँग आर्शिवाद लिन ठमेल पुगेका देउवाले ‘नेपालमा हिन्दू राज्य फर्काउनु’ भन्ने आर्शिवाद पाएका छन ।

सन्त कृष्णदासजीले देउवालाई कार्यकाल सफलताको कामना गर्दै नेपालमा हिन्दू राज्य फर्काउन आर्शिवाद दिएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा, उनकी पत्नी आरजु, उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्र कार्की लगायतका नेताहरु सन्तको आश्रममा पुगेका हुन् ।

उनीकहाँ बिभिन्न नेताहरु आशिर्वादा लिनका लागि पुग्ने गर्दछन् । यसअघि उनको आश्रममा नेविसंघका अध्यक्ष नैनसिंह महर, उपाध्यक्षा पुष्पविक्रम मल्ल पनि पुगेका थिए ।

यसअघि प्रचण्ड प्रधानमन्त्री हुदाँ भैसी पुजा गर्न लगाएर यिनी चर्चामा आएका थिए भने कम्युनिष्ट नेताले भैसी पुजा गरेको भन्दै चौतर्फी आलोचना भएको थियो । – ईमान्दार मिडिया ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।