नेपालभाषी गोरखा जनमुक्ति मोर्चाको आन्दोलन उग्र बनेपछि दार्जिलिङमा सेना परिचालन

काठमाडौं, २५ जेठ । नेपालभाषी गोरखा जनमुक्ति मोर्चाका समर्थक उग्र बनेपछि भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङमा सेना परिचालन गरिएको छ ।

मोर्चाका हजारौं समर्थकहरूले प्रहरीका सवारी साधन र सरकारी बसमा आगजनी र तोडफोड गर्न थालेपछि पश्चिम बंगालकी मूख्य मन्त्री ममता बेनर्जी नेतृत्वको सरकारले सेना परिचालन गरेको हो ।

प्रदर्शनमा दुवैतर्फबाट केही घाईते भएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मोर्चा समर्थकले ढुंगा तथा बोतलले प्रहरीलाई आक्रमण गरेका छन् । उता प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले टियर ग्यास शेल हानेको जनाइएको छ ।

मूख्यमन्त्री बेनर्जीले गत साता १० कक्षासम्म बेंगाली भाषा अनिवार्य रुपमा पढाउनुपर्ने घोषणा गरेसँगै मोर्चा आन्दोलित भएको हो ।

प्रदर्शनकारीले मूख्यमन्त्रीविरुद्व पुत्ला जलाउने प्रयास गरेका थिए । गोरखाल्याण्ड मागगर्दै दार्जिलिङमा लामो सयमदेखि आन्दोलन हुँदै आएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।