संविधान संसोधन लगायतका माग पुरा नभए नेपालको कुनै पनि कानुन नमान्ने र विदेशीसँग सहकार्य गर्ने ठाकुरको चेतावनी

काठमाण्डौ, २६ जेष्ठ । राष्ट्रिय जनता पार्टी (राजपा) का संयोजक महन्थ ठाकुरले संविधान संसोधन लगायतका माग पुरा नभए कुनै पनि कानुन र आदेश नमान्ने चेतावानी दिनु भएको छ।

राष्ट्रिय जनता पार्टीले धनुषाको कपटौलमा आयोजना गरेको विरोध सभा तथा पार्टी प्रवेश कार्र्यक्रमलाई सम्बोधन गर्दै संयोजक ठाकुरले यस्तो चेतावनी दिनुभएको हो।

आक्रोशित रुपमा प्रस्तुत हुनु भएका नेता ठाकुरले भारततर्फ लक्षित गर्दै मान, सम्मान र अधिकारको रक्षा नभए विदेशीसँग सहकार्य गर्ने चेतावनी समेत दिनु भएको छ। ‘तराई मधेसका जनताको मान, सम्मान र अधिकारको रक्षा नभए विदेशी संग सहकार्य गर्नेछौँ’, संयोजक ठाकुरले भन्नुभयो।

उहाँले मधेसी, जनजाती र आदिवासी संग हुँदै आएको विभेद अन्त्यका लागि संविधान संसोधन र जनसंख्याको आधारमा इकाई गठन गरेर मात्र निर्वाचन गराउन सरकार संग आग्रह गर्नु भएको छ। – अन्नपूर्णपोस्ट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।