नेपाल – भारत सीमा सर्वेमा गएको टोली कामै नसकी फर्कियो, नक्सांकन नै भएन

कञ्चनपुर, कञ्चनपुरको पुनर्वासस्थित नेपाल-भारत सीमा विवाद टुङ्ग्याउन आएको सीमा सर्भे टोली काम नसकेरै फर्किएको छ । नेपाली र भारतीय सीमा सर्भे टोलीले विवादी क्षेत्रको नक्सांकन गर्ने भनिए पनि नेपाली टोली काम नसकेरै शुक्रबार राति काठमाडौं फर्किएको हो ।

सीमा सर्भे टोलीले विवाद क्षेत्र छुट्याएपछि भारतीय पक्षको सास्तीबाट छुटकारा पाउने आशा बोकेका स्थानीय बासिन्दा दुई महिना अघि आएको सीमा सर्भे टोली काम नसकेरै फर्किएपछि निराश भएका छन् । ‘१ सय ९८ र १ सय ९९ नम्बरको रिफ्रेन्स पिलरबाट ५ सय मिटर भारततर्फ नेपाली भूमी परेकाले भारतीय पक्षले एक हप्तादेखि काम गर्न नदिएको भन्ने सुनेका थियौँ’ पुनर्वासका स्थानीय पत्रकार हेमन्त पौडेलले बताए ।

उता, नेपालका तर्फबाट सीमा सर्भे टोलीमा खटाइएका नापी विभागका प्रमुख नापी अधिकृत निर्मल आचार्यले भने भारतीय पक्षबाट कुनै अवरोध नआएको भन्दै वर्षा सुरु भएसँगै काम गर्न नसकिने भएकाले दुबै पक्षको समझदारीमा आफूहरु फर्किएको जानकारी दिए। साथै, उनले आफ्नो कार्यकाल सकिन लागेको र विभागले बोलाएकाले पनि काम पूरा नगरी फर्किनु परेको स्वीकार गरे ।
सीमा सर्भे टोली फर्किएको बारे कञ्चनपुरका प्रमखु जिल्ला अधिकारीलाई समेत जानकारी छैन । ‘तीन/चार दिन अघि टोलीसँग कुरा भएको थियो । तर काम नै नसकेर टोली किन फर्कियो भन्ने बारे चाँही कुनै जानकारी आएको छैन’ कञ्चनपुरका प्रमखु जिल्ला अधिकारी मनोहर प्रसाद खनालले बताए।

यसअघि, सीमा क्षेत्रका विषयका नेपाली र भारतीय पक्ष विच पटक पटक विवाद हुदै आएको थियो । गत फागुन २६ गते पनि सीमा क्षेत्रमा कलभर्ट बनाउने विषयमा विवाद हुदा भारतीय सुरक्षाकर्मीको गोली लागेर पुनर्बासको माछापुछ्रे टोलका गोविन्द गौतमको ज्यान गएको थियो । त्यसपछि सरकारले सीमा क्षेत्रको विवाद टुङग्याउन भन्दै गत चैत्र २५ गते नापी विभागका प्रमुख नापी अधिकृत निर्मल आचार्य, नापी अधिकृत दिपेशवाल र काशीलाल चौधरी सहितको ३ सदस्यीय टोलीलाई पुनर्वासमा पठाएको थियो । – उज्यालो अनलाइनबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।