‘प्रदेश टुक्रयाउन नदिन एमालेलाई भोट’ : पौडेल

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले प्रदेश नम्बर ५ लाई विभाजन हुनबाट जोगाउन एमालेलाई जिताउनुपर्ने बताउनुभएको छ । अन्य राजनीतिक दलहरुले प्रदेश ट्क्र्याउन सहमति जनाइसकेको भन्दै उहाले प्रदेश अखण्ड राख्नका लागि एमालेले मात्रै सक्ने दाबि गर्नुभयो ।

बुटवल उपमहानगरपालिकाको उम्मेद्वार घोषणा र प्रचार कार्यालयको आज बुटवलमा उद्घाटन कार्यक्रममा बोल्दै उहाले राष्ट्रियता र प्रदेश अखण्डताको विषयमा एमालेले दरिलो अडान लिएकाले दोस्रो चरणको निर्वाचनमा पहिलो चरणकोभन्दा राम्रो नतिजा ल्याउने बताउनुभयो ।

एमालेकै नेतृत्वमा रुपन्देहीमा विकास कार्यक्रमहरु भएको भन्दै विकास के हो भन्ने जानकारी एमालेले नै जनतालाई गराएको बताउनुभयो । एमालेका जनप्रतिनिधीले ०५१ सालदेखि अहिलेसम्म जनताको शीर झुकाउने काम नगरेको भन्दै उहाले अव निर्वाचित हुने प्रतिनिधीले पनि पनि शीर उचो बनाएर स्थानीय तहको विकास गर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै अर्का उपमहासचिव घनश्याम भुसालले एमालेलाई बुटवलकोृ पराजय सह्य नहुने भन्दै पराजय कल्पना पनि नग रिएको बताउनुभयो । बुटवलको. भूमिमा एमालेले बगाएको रगत पसिना र सहदतको विरासत जोगाउन पनि एमालेले जित्नै पर्ने उहाले बताउन्ुभयो ।

स्थानीय तहलाई जनताको साथी बनाउनका लागि एमालेको भूमिका महत्वपूर्ण रहेको उहाले बताउनुभयो । कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा र राधा ज्ञवालीले बोल्दै एमालेलाई पहिलो शक्तिको रुपमा स्थापित बनाउन सक्रिय भएर लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले बुटवललाई समुन्नत नगरको रुपमा विकास गर्नु आफुनो दायित्व भएको बताउनुभयो ।

बुटवलबासीको शीर उचो राख्ने गरी हरेक निर्णयहरु जनताकै माग अनुसारका गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यस्तै उपमेयर गोमा आचार्यले बुटवललाई लैंिगक मैत्री, श्रममैत्री, रोजगारमैत्री बनाउने गरी कार्यसम्पादन गरिने बताउनुभयो ।

कार्यक्रममा प्रचार संयोजक भोजप्रसाद श्रेष्ठ, नन्दीकेशर ढकाल, ऋषि पाण्डे, नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका शिव नेपाल लगायतका नेताहरुले बोल्नुभएको थियो ।

– लुम्विनीन्यूज ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖